हावाहुरीले विद्यालयमा करिब १२ लाख बराबरको क्षति 

विद्यालयका शिक्षक रंजन खरेलले तत्कालै विद्यालयलाई जिर्णोद्धारको आवश्यकता औल्याए । 

२०७६ जेठ १७ शुक्रबार
रति ९:१९ बजे


न्यूज ब्यूरो, रौतहट । गएराती रौतहटमा गएको हावाहुरीका कारण एक विद्यालयमा करिब १२ लाख बराबरको क्षति भएको जनाइएको छ । 

 

रौतहट जिल्लाको फतुहा बिजयपुर नगरपालिका वडा नं. १० मा रहेको माध्यमिक विद्यालय  दुधिअवामा रहेको सोलार प्यानल आँधी हुरीले उडाएपछि झण्डै १२ लाख मूल्य बराबरको नोक्सानी भएको हो ।  ४ हजार  वाटको उक्त सोलार प्यानल विहिबार बेलुकी करिब ८ः ०० बजे गएको शक्तिशाली हावा हुरिले उडाईदिएको हो ।

 

 १४ लाखको लागतमा जडान गरिएको बिधार्थी पुर्ण रुपले प्रभावित भएको छ । उक्त प्यानलबाट ५० वटा कम्पुटर , २८ वटा पङ्खा र अन्य इलेक्ट्रोनिक्स कामहरु हुने गरेको थियो । प्यानलको साथ  बयाट्री राख्ने गरेको कोठाको छाना समेत उडाएर लगेको बताइएको छ । 

 

यसका साथै स्वास्थ्य चौकीको कार्यालय नजिकै रहेको हयाणड पाईप समेत भाँचि दिएको छ । सोलार प्यानल उठाउदा नजिकको अर्को भवनको अलबेसटरमा १० पिसको  छानामा समेत क्षति  पुगेको छ । सम्पूर्ण क्षति   मिलाएर करिब १२ लाखको क्षति  भएको छ ।

 

विद्यालयमा भएको क्षतिलाई पूर्ति गर्नको लागि सम्बन्धित निकायसँग विद्यालयले तत्कालै माग गरेको हो । विद्यालयका शिक्षक रंजन खरेलले तत्कालै विद्यालयलाई जिर्णोद्धारको आवश्यकता औल्याए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७६ जेठ १७ शुक्रबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus