धनुषामा पशुको लागि पनि स्वास्थ्य शिविर 

समय समयमा जिल्ला पशु कार्यलय धनुषाबाट यी सेवा दिदै आएको छ ।

२०७६ बैशाख २५ बुधबार
रति ८:४१ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका द्वारा संचालित एक दिने स्वास्थ शिविर भएको छ ।

 

पशुमा लाग्ने महामारी रोगहरु लाग्नबाट बच्न तथा रोक्नको लागि धनुषाधाम नगरपालिकाको सहयोगमा आयोजना गरिएको निःशुल्क शिविरमा धनुषा नपा वडा नं. ५ नौसयविघाका किसानहरु लाभान्वित भएका छन् । आर्थिक वर्ष ७५/७६  मा नगरपालिकाबाट रकम विनियोजना गरी पशु सेवा शाखाद्धारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । 


पशुवस्तुमा लागने महामारी रोग भ्यागुतो र चरचरे रोगको रोकथाम को लागि खोप सेवा ,बाख्रामा लाग्ने पि.पि. आर रोगको खोप सेवा र परजीवी नियन्त्रणका औषधिहरुका साथै बाझौपन निवारण सेवा कू.ग. सेवा, बन्ध्याकरण सेवा सहित विभिन्न प्रकारका रोगहरुको औषधी समेत निःशुल्क रुपमा वितरण गरेका छन् ।


सो शिविरबाट करिब  ९ सय बाख्रा, ६ सय बढी गाई र  ५ सय बढी भैसी लगायत विभिन्न जातीका पशुलाई  औषधि प्रदान गरिएको हो भने बाख्राहरु लाई शल्यक्रिया समेत गरिएको पशु सेवा शाखा प्रमुख बिशनुदेव यादवले बताए ।


 किसान र नगरका जनताका लागि नगरपालिकाले अझ नयाँ नयाँ कार्यक्रमहरु ल्याइरहने वडा ५ का वडाध्यक्ष ईन्द्रकुमार महतो प्रतिवद्धता गरे । विभिन्न समयमा जिल्ला पशु कार्यालयले यस प्रकारका विभिन्न सेवाहरु दिँदै आएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७६ बैशाख २५ बुधबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus