जनकपुर जाम !

२०७६ बैशाख १८ बुधबार
बिहान ११:२१ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका केही युवाहरुले जनकपुरको पुलचोकमा चक्काजाम गरेका छन् ।

 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोकमा स्थानीय युवकहरुले टायर बालेर प्रदर्शन गर्दै  सरोकारबाला विरुद्ध चक्काजाम गरेका छन् । जनकपुरको पुलचोकबाट ग्रामिण भेकतर्फ जाने तथा त्यस बाटो भएर जाने सवारी आवतजावतमा अवरोध भएको हो । 

 

मापदण्ड नै नपुगाएर सडक निर्माण गरेको कारण सडक बनेको केही दिनभित्रै सडकमा पानी जाम, नालाको पानी आउने, दिनहुँ सुख्खा मौसममा पनि खाल्डाखुल्डीले गर्दा स्थानीय व्यापारी तथा सर्वसाधारणलाई सास्ती भएको भन्दै सरोकारबाला विरुद्ध उनीहरुले प्रदर्शन गरेका छन् । 

 

पुलचोकको विभिन्न ठाउँमा युवा तथा व्यापारीहरुको एक समूहले टायर बालेर प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् । उनीहरुलाई सडकमा भएको खाल्डाखुल्डी व्यवस्थापन गर्न ध्यानकार्षण नगरे तथा चासो नलिए यस विरुद्ध सशक्त आन्दोलन गर्ने जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७६ बैशाख १८ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus