जनकपुरबाट मोसा चोरको ग्याँग पक्राउ 

२०७६ बैशाख ५ बिहीबार
बिहान ०७:३६ बजे
न्यूज ब्यूरो | नेपाल
तस्विर : जिल्ला प्रहरी कार्यालय, धनुषाको फेसबुक पेजबाट


न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न समयमा विभिन्न ठाउँमा मोटरसाईकल (मोसा) चोरीमा संलग्न रहेका व्यक्तिहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेका हुन् ।


 बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरी भएको सुचना तथा उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । विशेष प्रहरी टोली परिचालित भई खोज तलाश तथा अनुसन्धान गर्ने क्रममा विभिन्न स्थानहरुबाट मोटरसाईकलहरु बरामद गरी चोरी कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्दै मोटरसाईकल समेत नियन्त्रणमा लिई उनीहरु उपर मुद्दा चलाइएको हो । 


पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ११ बस्ने असलम राईन, जनकपुर उपमहानगरपालिका ४ बस्ने दिप कुमार महतो, वडा न.७ बस्ने संजिव कुमार साह, वडा नं. १ बस्ने अरविन्द कुमार साह र धनौजी गाउँपालिका वडा नं. १ बस्ने हसिबुल नदाफ रहेका छन । प्रहरीले ज.११ प. ६०८९ नं.को HERO achiever ISO लेखिएको मोटरसाईकल, ज.९ प. ४६१८ नं. को सुपर स्पलेण्डर मोटरसाईकल, ज.१ प. ८२ ९५ नं.को हिरोहोण्डा स्पलेण्डर मोटरसाईकल, ना.३५प. ५९२० नं. को बुलेट मोटरसाईकल, बा ७८ प ११८४ नं को डिस्कभर मोटरसाईकल र ज.१३ प. १५१७ नं. को मोटरसाईकल बरामद गरेको छ ।

 

उनीहरु उपर चोरी शिर्षक मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान थालिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७६ बैशाख ५ बिहीबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus