वीरगँजका डाक्टर यादवले आफ्नै श्रीमतिलाई कुटदाकुटदै मारे !

शुक्रबार साँझ ५ बजे टिचिङ अस्पतालका डाक्टरले मृत घोषणा गरेका छन् ।

२०७५ चैत १६ शनिबार
बिहान ०९:०७ बजे
न्यूज ब्यूरो | नेपाल


न्यूज ब्यूरो, वीरगँज ।  प्रदेश नं. २ को पर्सा जिल्ला वीरगँजका एक cले आफ्नै पत्नीलाई कुटदाकुटदै ज्यान लिएका छन् ।


वीरगन्जको नारायणी अस्पतालमा कार्यरत वीरगन्ज २० हपतगन्जका थाइराइड रोग विशेषज्ञ सचितानन्द यादवको कुटाईबाट उनको पत्नी ४५ वर्षीया सुनीता यादवको ज्यान गएको हो । सुनितालाई उनका पति सचितानन्द यादवले गत चैत ६ गते मरणासन्न हुने गरी कुटपिट गरेका थिए । 

 

उनको शिक्षण अस्पताल महाराजगन्जमा उपचार हुँदै आएको थियो । यादवकी सुनीता जेठी पत्नी हुन् । डा. यादवले श्रीमती सुनीतामाथि कुटपिट गरेपछि गम्भिर घाईते भएकी उनलाई गण्डक अस्पताल लगिएको थियो । 

 

अवस्था चिन्ताजनक भएको भन्दै उनलाई डाक्टरहरुले सघन उपचार कक्षामा राखेर उपचार थालेका थिए । अवस्थामा सुधार नदेखिएपछि चिकित्सककै सल्लाहमा गत मंगलबार थप उपचारका लागि काठमाडौं लगिएको थियो । 

 


शुक्रबार साँझ ५ बजे टिचिङ अस्पतालका डाक्टरले मृत घोषणा गरेका छन् ।

मृतकका मामा नागेन्द्र यादवले भने। आइरन तताएर डाम्नुको साथै निर्घात कुटपिट गरेको, करेन्टको झट्का दिएको र बिजुलीको तारले करेन्ट लगाइएको मामा नागेन्द्रले आरोप लगाए । 

 

मृतक सुनीताका माइतीपक्षले पति सचितानन्द यादव, बुवा नागेन्द्र यादव, आमा आशादेवी र भाइ अचितानन्दविरुद्ध चैत १२ गते नै मुद्दा दर्ता गराएका थिए । मुद्दाबारे अहिलेसम्म कुनै सुनुवाई नभएको बुझिएको छ भने चिकित्सक भएकै कारण उनलाई अहिलेसम्म कारवाही प्रक्रिया अगाडी नबढाईएको बुझिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus