दुईदिने तालिमको उद्घाटन गर्दै उपमेयर यादवले भनिन्, ‘मधेशबाट महिला हिंसा चाँडै हट्छ’

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा ‘महिला हिंसा न्यूनीकरणमा सरोकारवालाको भुमिका’ विषयक २ दिने तालिम सुरु भएको छ ।

२०७५ फाल्गुण ८ बुधबार
रति ८:०२ बजे
बिनय कुमार यादव, धनुषा

जनकपुरधाम, ८ फागुन । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा ‘महिला हिंसा न्यूनीकरणमा सरोकारवालाहरुको भुमिका’ विषयक २ दिने तालिम सुरु भएको छ । तराई मधेशमा बिकराल देखिएको महिला हिँसा नियन्त्रण गर्ने उद्देश्यले बुधवारबाट २ दिने तालिम सञ्चालन गरिएको हो ।

 

नगरकी उपप्रमुख मिना यादवको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य बोधमाया यादवको प्रमुख आतिथ्यमा बुधवारबाट २ दिने तालिम सुरु गरिएको छ । नगरमै प्रथम पटक सुरु भएको महिला हिंसा न्यूनीकरण सम्बन्धी तालिमबाट नगरभित्र हुने महिला उपरको हिँसा नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

 

उपप्रमुख यादवले भनिन्, ‘जिम्मेबारी पाएदेखि जनतामा नै समर्पित छु, नगरको गाउँ–गाउँ र घर–घरमा गएर समस्या बुझ्ने गरेकी छु, घुम्ने क्रममा महिला हिँसाका घटनाहरु पनि उत्तिकै देख्छु, त्यसैले यी घटनाहरु नियन्त्रण होस् भनेर यस किसिमको कार्यक्रममा जोड दिएका छौं, मधेशबाट महिला हिंसा चाँडै हट्छ ।’

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहकी सांसद यादवले यस किसिमको कार्यक्रमबाट महिलाहरुमा चेतनाको विकास हुने दावी गरिन् ।

 

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रतीक्षा तिबारी, नगरकार्यपालिकाको प्रशासकीय अधिकृत लखनदेव यादव, लेखा अधिकृत शुभ नारायण साह, वडा १, २, ५ र ६ का वडा अध्यक्ष, नेकपा युवा नेता महेशलाल यादव, प्रशिक्षक बिना कणाली, कबिर कुट्टीका अध्यक्ष राम स्वरुप मण्डल, स्थानीय महिला, समाजसेवी वुद्धिजिवी लगायतको उल्लेख्य सहभागिता थियो ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको नैना हस्पिटलमा ८०० ग्रामको बच्चासहित आमालाई जोगाउन सफल

  • २०७५ फाल्गुण ८ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको नैना अस्पतालले आठ सय ग्रामको बच्चासहित गर्भवती आमा जोगाउन सफल भएको छ ।  धनुषाको औरही गाउँपालिका वडा नम्बर ३ कपटौलकी २६ वर्षीया निर्माला कुमारी मण्डलले आठ

पूरा पढ्नुहोस्

Bureau Menus