यी डिएसपीको कमाउने काईदा यस्तो !

२०७५ फाल्गुण ७ मंगलबार
बिहान ०७:५५ बजे
न्यूज ब्यूरो | नेपाल

 

काठमाडौं, ७ फागुन । महानगरीय प्रहरी वृत्त लैनचौरका डीएसपी गौतम केसीले अतिरिक्त कमाइलाई तेजीका साथ अगाडि बढाएका छन् । आईजीपी सर्वेन्द्र खनालले घुस खाने प्रहरीलाई कारबाही गर्ने भाषण गरिरहँदा केसीले ठमेल क्षेत्रमा पैसा कमाउने नयाँ सूत्र बनाएको सुशासन अनलाईनमा समाचार छ  ।


 ठमेल पर्यटन परिषद्का पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठसँग मिलेर उनले अतिरिक्त कमाइको सूत्र बनाएका हुन् । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल९रेवान०का पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठ र डीएसपी केसी मिलेर ठमेल क्षेत्रमा गैरकानुनी रुपमा सेक्युरिटी गार्ड राखी ट्याक्सी छिर्न रोक लगाएका छन् । पर्यटन प्रपद्र्धनलाई प्रोत्साहन गर्नुपर्ने डीएसपी केसीले उल्टै पर्यटक लिएर ठमेलमा जाने ट्याक्सी रोकेर निरुत्साहन गर्ने काम गरेका छन् । 


सेभेनस्टार सेक्युरिटीका गार्ड हरेक चोकमा राखी डीएसपी केसीले पर्यटक बोकेका ट्याक्सी रोक्ने गरेका छन् । ती गार्ड ठमेल क्षेत्रको विकासका लागि स्थापित ठमेल पर्यटन परिषद्ले राखेका पनि होइनन् । गैरकानुनी रुपमा राखिएका ती गार्ड तेजेन्द्रनाथ श्रेष्ठको उक्साहटमा डीएसपी केसीले राख्न लगाएको स्रंोतको दाबी छ । स्रोतका अनुसार ती गार्डलाई ब्रिफिङ गर्ने काम नै प्रहरीले गरेको छ । प्रहरीले ठमेल पर्यटन परिषद्सँग सहकार्य गरी ठमेल क्षेत्रको विकासमा सहयोग पु¥याउनुपर्नेमा परिषद्लाई वाइपास गरी अनधिकृत रुपमा गार्ड राखेर पर्यटकलाई डिष्टर्ब गरेको ठमेलका एक रेष्टुरेन्ट ब्यवसायीले गरेका छन् । 

 

सेभेन स्टारबाट ठमेलका चोकचोकमा पर्यटकलाई जबर्जस्ती ट्याक्सीबाट ओराल्नका लागि राखिएका १२ जना गार्डका लागि तलवभत्ता दिनुपर्ने भनेर रेवानका पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले ब्यवसायीसँग रकम असुली गर्दै आएका छन् । जसलाई डीएसपी गौतमको संरक्षण छ ।

 

डीएसपी गौतम प्रायः तेजेन्द्रनाथ श्रेष्ठकै थर्डआई र यिङयाङ रेष्टुरेन्टमा बसी अतिरिक्त आम्दानी गर्ने सूत्रहरु सिक्ने गर्दछन् । जुन सूत्र सिकाउने काम तेजेन्द्रनाथले गर्दैआएका छन् । पर्यटन व्यवसायीभन्दा पनि कलेज र म्यानपावर संचालन गर्ने तेजेन्द्रनाथ श्रेष्ठ लागूऔषध दुव्यर्सनको आरोपमा प्रहरी कष्टडीमा पनि पुगिसकेका पात्र हुन् । जससँग डीएसपी गौतमको बाक्लो हिमचिम छ । 

 

तेजेन्द्रनाथ श्रेष्ठले विनाछलफल १० प्रतिशत सर्भिस चार्ज हटाएपछि ठमेल क्षेत्रका रेष्टुरेन्टहरुमा मजदुरहरुले हड्ताल गरेका छन् । तेजेन्द्रनाथले हड्ताल गर्ने मजदुर नेतालाई डीएसपी केसीलाई लगाएर पक्राउ गराएका थिए । तेजेन्द्रनाथ श्रेष्ठ डीएसपी गौतमका असुलीका बिचौलियाका रुपमा ठमेल क्षेत्रमा चिनिने गरेका छन् ।  


त्यसैगरी जेपी रोडमा संचालित सिनेट क्लव बिहान ८ बजेसम्म खोल्दा पनि प्रहरी मुकदर्शक बन्ने गरेको छ । डीएसपी केसीले मासिक घुस लिएर उक्त डिस्कोमा बिहान ८ बजेसम्म मदिरा पिएर चर्को स्वरमा नाच्न छुट दिएका छन् । 

 

छायाँदेवी सेन्टरसँग पनि लाभ लिएर उनले २४ घन्टै गाडी बन्द गरी ठमेल क्षेत्रका ब्यवसायीलाई सास्ती दिएको गुनासो छ । ठमेल क्षेत्र सवारीसाधन मुक्त भनिएको छ । तर सामानहरुको ढुवानी लगायतका लागि गाडी आवतजावत गर्न दिइएको समय अपुग भएकाले पास प्रणाली लागू गरी थप समय दिई व्यवस्थापन गर्नुपर्नेमा डीएसपी केसीले असहयोग गर्दैआएका छन् । 


अत्यावश्यक काममा जानुपर्ने सवारीसाधन जान दिएर अपराह्न ४ बजेपछि बढी पर्यटकको चाप भएको बेला गाडी रोके पुग्ने ठाउँमा २४ घन्टा रोक्दा सास्ती भोग्नुपरेको गुनासो व्यवसायीको छ । 

========

समाचार स्रोत : सुशासन अनलाईन
अरिजिनल लिंक : http://sushasannews.com/newspapers/15248 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७५ फाल्गुण ७ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus