नगरका विद्यालयहरुलाई कान्छो मेयरको यस्तो आदेश

अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिन शिक्षा समिति सहित मातहतका विद्यालयहरुलाई आदेश

२०७५ फाल्गुण ३ शुक्रबार
बिहान ०९:५८ बजे
न्यूज ब्यूरो | नेपाल


जनकपुरधाम, ३ फागुन । प्रदेश नं. २ का सरकारले निर्देशन दिए बमोजिम धनुषाको शहिदनगरमा शिक्षा प्रणाली र पद्धती लागू गर्न आदेश गरिएको छ । 

 

नगरका मेयर उदय कुमार बरबरियाले जारी गरेको पत्रमा प्रदेशका शिक्षा विकास निर्देशनालयको चलानी नं. १०८ अनुसार विद्यार्थीको सिकाई उपलब्धी वृद्धि गर्न तोकिएको समयको पूर्ण सदुपयोगको लागि विद्यार्थीहरुले पौने १० बजेसम्म विद्यालयमा उपसिथत हुन पत्राचार गरिएको हो । 

 

नगर शिक्षा समिति सहित नगरभित्रका मातहतका विभिन्न समुदायिका विद्यालयका शिक्षक शिक्षिका तथा विद्यालय कर्मचारीहरुलाई समयमै विद्यालयमा उपस्थित हुन पत्राचार गरिएको हो । विद्यार्थीहरुले ९ः४५ सम्म विद्यालयमा उपस्थित हुन आग्रह गरिएको छ । 

 

त्यसपछि विद्यार्थीहरुलाई पँगतीवद्ध गर्दै पिटी, राष्ट्रिय गान, समान्य ज्ञानका प्रश्न लगायतका सूचना सम्प्रेषण कार्य गरी ठयाक्कै १० बजे कक्षामा उपस्थित हुन अनुरोध गरिएको छ । विद्यार्थीहरुका साथै यस्ता सूचनाहरु विद्यार्थीका अभिभावकहरु समक्ष समेत यस्ता सूचना आदान प्रदान गर्न अनुरोध गरिएको हो । 

 

यसका साथै, नगरभित्रका विद्यालयहरुलाई शुक्रबार १ः३० बजेसम्म मात्र अध्ययन अध्ययापन हुँदै आएकोमा अबदेखि शुक्रबार पनि अपरान्ह ४ः०० बजेसम्म अध्ययण अध्ययापन गराउन आदेश समेत गरिएको हो । 

 

विद्यालयहरुमा विद्यार्थीहरु समक्ष अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिन शिक्षा समिति सहित मातहतका विद्यालयहरुलाई आदेश मेयर बरबरियाले गरेका हुन् । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७५ फाल्गुण ३ शुक्रबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus