सुनसरीको दुहबीमा २ दिने पत्रकारिता तालिम सुरु

२०७५ माघ ४ शुक्रबार
रति ९:११ बजे


सुनसरी, माघ ४ ।  सुनसरीको दुहवी नगरपालिकामा यूवा तथा विधर्थीका लागि दुईदिने उद्धघोषण तथा पत्रकारिता तालिम सुरु भएको छ । 


स्थानीय साझेदारी नेपाल सुनसरीको आयोजना र दुहवी ६ नम्बर वडा कार्यालयको सहयोगमा तालिम सुरु भएको हो । सुनसरीको दुहबी ६ का ४० जनाको सहभागितामा दुईदिने उद्घोषण तथा पत्रकारिता तालिम सुरु भएको आयोजकले जनाएको छ । उदघाटन कार्यक्रमका प्रमुख अतिथि दुहबी नपा ६ नम्बर वडा अध्यक्ष मुन्ना हलुवाई (साह), बिष्टअतिथि इलाका प्रहरी दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीले पत्रकारिता जनताको ऐना भएकाले तालिमको आवश्यकता रहेको बताउनुभयो ।


 वहाँहरुले देश विकास र नागरिकलाई सूचनाको हकको पूर्ण प्रत्याभुतीका लागि नयाँ र असल पत्रकार उत्पादन तालिमबाट हुने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा अतिथिहरु सशस्त्र प्रहरी दुहबी ईन्चार्ज लोकबहादुर बस्नेत, सुनसरी समुदाय अस्पतालका संचालक संतोष सिंह ,प्रेस मञ्च नेपाल १ प्रदेस संयोजक चन्दन रौनियार, कोचीला एफएमका म्यानेजर संजय चौधरी, प्रमुख प्रक्षिक्षक पत्रकार जयकृष्ण यादव लगायतको उपस्थिति थियो ।


उद्घाटन कार्यक्रमको सभापतित्व प्रेम गिरीले गर्नुभएको थियो भने उद्घोषण दुहबीका पत्रकार अकबर अलीले गर्नुभएको आयोजक समितिका चन्दन रौनीयारले जानकारी दिनुभयो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७५ माघ ४ शुक्रबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus