धनुषामा विषालु थर्ररा रक्सी सेवनले ७ जनाको मृत्यू भएको घटनाका अभियुक्त ७ महिनापछि पक्राउ !

सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

२०७५ पौष २६ बिहीबार
बेलुकी ६:०७ बजे
न्यूज ब्यूरो | नेपाल
Photo: Dipak Karna/PrimeTv


जनकपुरधाम, २६ पुस । धनुषामा एकै टोलका ७ जनाको ज्यान जाने गरी भएको घटनाको फरार अभियुक्त झण्डै ७ महिनापछि पक्राउ परेका छन् ।

 

गत असार १३ गते धनुषाको कमला नगरपालिका वडा नं. ६ सिँग्याही मडान स्थित सँचालन गरिएको अवैद्य एवम् विषालु रक्सी सेवनका कारण कमला नगरपालिका वडा नं. ५ बस्ने  अन्दाजी बर्ष ५५ का रामचन्द्र पासवान, बर्ष ४० का रामनाथ पासवान, वर्ष ३६ का मनिक पासवान र कमला नगरपालिका वडा नं. ६ मडान बस्ने साबिर अन्सारी, जामुन पासवानको मृत्यू भएको थियो । असार १३ गते ४ जनाले दम तोडिसकेका थिए भने बाँकी ३ जना जीवन र मृत्यूसँग लडदै २ दिनपछि तीनै जना पनि साँस लिन बन्द गरेको थियो । 


जिल्ला प्रहरी कार्यालय धनुषाले विहिबार पत्रकार सम्मेलन गरी भठ्ठी सँचालक तथा त्यस मुद्दाका फरार अभियुक्त धनुषाको कमला नगरपालिका–६ मडानका धर्मेन्द्र मण्डल र सोही नगरपालिका–७ जाहगीर टोलका राजेश कुमार चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेका छन् । घटना भएलगत्तै उनीहरु पसल बन्द गरेर फरार भएका थिए । 


धमेन्द्र मण्डल उक्त विषालु मदिरा बेच्ने कार्य गर्दथे भने राजेश चौधरी मदिरा बनाउने कार्यमा सक्रिय रहेका थिए । एकै टोलका ७ जनाको मृत्यू भएपछि जिल्लामै खलबली मच्चिएको थियो । मृत्यू हुनेमा सबै दलित समुदायका व्यक्तिहरु रहेका थिए । बुधबार मात्र ईलाका प्रहरी कार्यालय खजुरीले उनीहरुलाई पक्राउ गरी जिल्लामा बुझाएको थियो  ।


घटना भएपछि ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज एवम् प्रहरी नीरिक्षक शेषराज थन्दार तुरुन्तै एक्सनमा आएका थिए । फरार दुवै जनालाई प्रहरीको मोस्टवान्टेडको सूचिमा राखेर खोजतलास जारी राखेका थिए भने सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

 

ईलाका प्रहरी कार्यालय खजुरीका अनुसार,  उनीहरुले मर्नु अघि गरेको वान्ताको स्याम्पल लिएर ल्याब पठाएको थियो भने  स्थानीयहरुका अनुसार, सिँग्याही मडान चोकमै रहेको धर्मेन्द्र मण्डलकै पसलबाट असार १२ गते मँगलबारको साँझ उनीहरुले थररा रक्सी (लोकल दारु) खाएका थिए । 

 
रक्सी खाएपछि उनीहरुको मृत्यू हुनुभन्दा अघि उनीहरुले वान्ता गरेको थियो र वान्ता पश्चात केही बेरमै उनीहरु सिकिस्त बनेको थियो । उनीहरुलाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याएको थियो तर बाँच्न सकेनन् ।

 

यता, पक्राउ परेका मण्डल र चौधरी भने आफूहरुको कुनै सँलग्नता नरहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले आफूहरुलाई कसैले फँसाएको दाबी गरेका छन् । 

 


यस घटनाको पहिलो समाचार पढनुहोस् ।

धनुषामा एकै टोलका ४ जनाको मृत्यू, एक मृत्यूसँग जुध्दै !

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७५ पौष २६ बिहीबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus