धनुषामा एकै टोलका ४ जनाको मृत्यू, एक मृत्यूसँग जुध्दै !
न्यूज ब्यूरो जनकपुरधाम, १३ असार । धनुषामा एकै ठाउँका ४ जनाको एकै समयमा ज्यान गएको छ भने एक मृत्यूसँग जुघिरहेका छन् । धनुषाको कमला नगरपालिका वडा नं. ५ लक्कड बस्ने दलित समुदायका ४ जनाको एकै समयमा मृत्यू भएको छ भने एक जना मृत्यूसँग अस्पतालमा जुधिरहेका छन् । नगरपालिकाको लक्कड बस्ने अन्दाजी बर्ष ५५ का रा

२०७५ असार १३ बुधबार, बेलुकी ७:५३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो
जनकपुरधाम, १३ असार । धनुषामा एकै ठाउँका ४ जनाको एकै समयमा ज्यान गएको छ भने एक मृत्यूसँग जुघिरहेका छन् ।
धनुषाको कमला नगरपालिका वडा नं. ५ लक्कड बस्ने दलित समुदायका ४ जनाको एकै समयमा मृत्यू भएको छ भने एक जना मृत्यूसँग अस्पतालमा जुधिरहेका छन् ।
नगरपालिकाको लक्कड बस्ने अन्दाजी बर्ष ५५ का रामचन्द्र पासवान, बर्ष ४० का रामनाथ पासवान, वर्ष ३६ का मनिक पासवान र कमला नगरपालिका वडा नं. ६ मडान बस्ने साबिर अन्सारीको मृत्यू भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
यस्तै, कमला नगरपालिका वडा नं. ५ बस्ने जामुन पासवानको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा गराएपछि थप उपचारको लागि जनकपुरमै कुनै अस्पतालमा भईरहेको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक एवम् ईन्चार्ज शेषराज थन्दारले बताए ।
ईन्चार्ज थन्दारका अनुसार, उनीहरुको मृत्यू किन र कसरी भएको बारे खुल्न नसकेको भन्दै उनीहरुले मर्नु अघि गरेको वान्ताको स्याम्पल लिएर ल्याब पठाउने तयारी गरेको छ ।
यता, स्थानीयहरुका अनुसार, सिँग्याही मडान चोकमै रहेको एक रक्सी पसलबाट मँगलबार साँझ उनीहरुले थररा रक्सी (लोकल दारु) खाएका थिए ।

पाँचै जनाले चोकमै रहेको स्थानीय धर्मेन्द्र साहको रक्सी पसलबाट रक्सी लिएर खाएका थिए र केही बेरमै बान्ता सहित मुर्छा परेका थिए ।
मुर्छापछि सिकिस्त बनेका उनीहरुको बुधबार (आज) अपरान्ह मृत्यू भएको बताईएको छ ।
उनीहरुको मृत्यू हुनुभन्दा अघि उनीहरुले वान्ता गरेको परिवारिक श्रोतलाई उदृत गर्दै एक स्थानीयले बताए । वान्ता पश्चात केही बेरमै उनीहरु सिकिस्त बनेको जनाइएको छ भने जामुन पासवानलाई समयमै उपचारको लागि जनकपुर ल्याएको बताइएको छ ।
घटनाबारे अनुसन्धान तीव्र पारिएको प्रहरी नीरिक्षक थन्दारले न्यूज ब्यूरोसँग भने ।
यथार्थमा मृत्यू कसरी भएको बारे पत्ता लाग्न सकेको छैन, यसको ठोस प्रमाण पनि हामीले पाईसकेका छैनौ, तर उनीहरुले गरेको वान्ताको स्याम्पल हामीले लिसकेका छौँ र ल्याब पठाउने तयारी गरिरहेका छौँ । मृत्यूको यथार्थ कारण भने अहिले खुलेको छैन । उनले भने ।
यता, स्थानीयहरुले विषादी रक्सी खाएकै कारण उनीहरुको ज्यान गएको बताउँदै आएको छ ।
खजुरी आसपाका क्षेत्रहरुमा तथा कमला किनारको विभिन्न गाउँहरुमा अबैद्य रक्सी भठ्ठी सँचालनमा रहेको छ । रक्सी चुहाउने कार्य पूर्वी धनुषाको बल्हा कठाल, सिँग्याही मडान, खजुरी जस्ता ठाउँहरुमा हुँदै आएको देखिएको छ ।
ती अबैद्य रक्सी भठ्ठीहरु ईलाका प्रहरी कार्यालय खजुरीको केही दुरीमै रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…