धनुषामा ११ दिवसीय फुटबल टुर्नामेन्ट सुरु, पहिलो खेलमा बफै टिम विजयी 

२०७५ पौष २३ सोमबार
बिहान ०८:५० बजे
न्यूज ब्यूरो, डेस्क


जनकपुरधाम, २३ पुस । आईतबारदेखी पूर्वी धनुषाको विदेह नगरपालिकामा ११ दिवसीय फुटबल टुर्नामेन्ट सुरु भएको छ । 


धनुषाको विदेह नगरपालिका वडा नंं. ७ तिनकौरियामा राष्टूपति रनिङ्ग शिल्ड प्रतियोगिता आईतवारदेखि शुरु भएको छ । ११ दिवसीय सो खेलमा धनुषा भरिका १२ वटा टीम सहभागीता जनाएका छन् । खेलकुदप्रति युवाहरुको उत्सुकता तथा नगका खेलाडीहरुको माग अनुसार ११ दिवसीय फुटबल टुर्नामेन्टको आयोजना गरिएको जनाइएको छ । 


आईतबारदेखि सुरु भएको उक्त टुर्नामेन्टको प्रथम खेलको लागि विदेह नगरपालिकाका प्रशासकीय अधिकृत संदीप साहले फुटबलमा हान्दै हानेर खेलको शुभारम्भ गरे । फुटबल खेलको उद्घाटन सत्रमा स्थानीय युवाहरु, बुद्धिजीवि, नागरिक समाज तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


टुर्नामेन्ट अन्तर्गत पहिलो दिन भएको घरेलु तिनकौरिया टीम र बफै टीमबीच प्रतिस्पर्धा भएको छ । तिनकौरिया बी टिमका रन्जित पण्डितले खेलको ५ मिनेटमा पहिलो गोल हानेको थियो भने बफैका टीमले मध्यान्तरपछि खेलको सरोज शर्माले गोल हानेको  निर्धारित समयमा दुबै टिमले बराबर गोल हानेको थियो ।


ट्राइब्रेकरमा बफै ५ गोल र तिनकौरिया बि टिमले ४ गोल हानेका थिए । उक्त खेलमा बफै ५- ४ गोलान्तरले बिजयी भएको हो । आईतबार सम्पन्न भएको खेलको म्यान अफ दि म्याच सरोज शर्मालाई घोषित गरिएको हो ।


फुटबल टुर्नामेन्ट खेलमा प्रथम हुनेलाई पाँच हजार नगद, प्रमाण पत्र तथा शिल्ड, दोस्रो हुनेलाई तीन हजार नगद, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिने आयोजक पक्षले जनाएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७५ पौष २३ सोमबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus