रहेनन पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी 

२०६२/०६३ को परिवर्तनयता उनी सक्रिय राजनीतिमा थिएनन् ।

२०७५ पौष ३ मंगलबार
बिहान ०९:५९ बजे
न्यूज ब्यूरो, डेस्क
फाईल तस्विर


न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को सिरहामा जन्म लिएका पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको आज विहान निधन भएको छ । 
 


 कलेजोको क्यान्सरबाट पीडित गिरी विगत १० दिनदेखि अस्पतालमा जीवन र मृत्यूसँग लडिरहेका थिए । उनको मँगलबार विहान करिब ४ बजे ९२ वर्षको उमेरमा घरमै मृत्यू भएको परिवारजनले पुष्टी गरेका छन् । 

 

काठमाडौं बूढानीलकण्ठमा बस्दै आएका उनी १० दिनदेखि भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए भने गिरीलाई दुई दिनअघि परिवारले घर लगेको थियो। 

 

असोज १९८३ मा सिरहामा जन्मेका डा. गिरी तत्कालीन राजा महेन्द्र र वीरेन्द्रका पालामा मन्त्रिपरिषद् उपाध्यक्ष र प्रधानमन्त्री बनाइएका थिए। अन्तिम पटक तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा शासन सत्ता हातमा लिएपछि पनि मन्त्रिपरिषद् उपाध्यक्ष बनाइए । २०६२/०६३ को परिवर्तनयता उनी सक्रिय राजनीतिमा थिएनन् ।


डा. गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्। ‘पञ्चायती व्यवस्थाको जननी’को संज्ञा पाएका डा. गिरी बहुदलीय प्रतिस्पर्धात्मक शासन व्यवस्थाका कट्टर आलोचक मानिँदै आएका थिए।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus