बलात्कारको आरोपमा यादव पक्राउ 

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको छ ।

२०७५ मङ्सिर २ आइतबार
बिहान १०:४८ बजे


न्यूज ब्यूरो, सुनसरी ।  सुनसरीको देवानगंज गाउँपालिका - ७ बाट  जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ भने १ जना फरार रहेका छन् ।

 

करणीको आरोपमा सोही स्थान बस्ने बर्ष २५ को दिपक कुमार यादवलाई पक्राउ गरिएको हो भने सोही स्थान बस्ने बर्ष २२ को बाल गोपाल यादव फरार रहेकोले खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


उनीहरुले सोही स्थान बस्ने बर्ष ३० की महिलालाई कुखुराको फारममा जवरजस्ती करणी गरेको भनी पिडितको दिएको उजुरीको आधारमा दिपक कुमार यादवलाई पक्राउ गरिएको हो ।


पक्राउ परेका यादव र पिडित महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७५ मङ्सिर २ आइतबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus