धनुषामा युवकको रहस्मयी मृत्यू !

मृत्यूको यथार्थ कारण पत्ता लाग्न सकेको छैन भने जिल्ला प्रहरी कार्यालय धनुषाले लागुऔषध सेवन गरेको कारण हुन सक्ने अनुमान |

२०७५ कार्तिक २२ बिहीबार
बेलुकी ५:३६ बजे
न्यूज ब्यूरो, डेस्क


अभिनय कुमार मिश्रा । धनुषामा एक युवकको अत्यधिक लागुऔषध सेवनको कारण मृत्यू भएको छ । सो जानकारी जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको छ । 

 

 

धनुषाको धनौजी गाउँपालिका वडा नं. १ स्थित रहेको मस्जिद नजिकै नाम ठेगाना खुल्न नसकेको अन्दाजी बर्ष ३२ को एक युवक बेहोस अवस्थामा फेला परेको थियो । स्थानीवासीहरुले मर्निंग वाकमा निस्केको बेला लखौरी र खरियानीको बीचमा ती युवक नयाँ बनेको सडकको खाल्डोमा बेहोस अवस्था लडेको देखेपछि प्रहरीलाई खवर गरेको थियो ।

 

खवर पाएलगत्तै ईलाका प्रहरी कार्यालय औरही र प्रहरी चौकी भररियाको सँयुक्त टोली पुगेर उनलाई जनकपुर अञ्चल अस्पताल पुरयाएको ईलाका प्रहरी कार्यालय औरहीका सहायक प्रहरी नीरिक्षक (सई) हरिनाथ साहले जानकारी दिए । 

 

जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि  रेफर गरेकोमा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा  मृत्यू भएको एक स्थानीयले बताए ।  

 

मृत्यूको यथार्थ कारण पत्ता लाग्न सकेको छैन भने जिल्ला प्रहरी कार्यालय धनुषाले लागुऔषध सेवन गरेको कारण हुन सक्ने अनुमान गरिएको छ । यसबारे थप अनुसन्धान भईरहेको जिल्ला  प्रहरी कार्यालय धनुषाले जनाएको छ । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७५ कार्तिक २२ बिहीबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus