१४ औं  NCSQC-2018 मा मोनाष्टिकको सफलता

देशैभरिका विद्यालयहरुको माझबाट दोस्रो स्थान ल्याएपछि बधाईको ओइरो

२०७५ कार्तिक १८ आइतबार
दिउसो ३:२७ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । राजधानी काठमान्डौँमा आयोजना गरिएको १४ औँ NCSQC-2018 मा जनकपुरधामको मोनाष्टिक स्कूल दोस्रो स्थान ल्याउन सफल भएको छ । 

 

 

मोनाष्टिकबाट  मा सहभागी जनाउन राजधानी काठमान्डौँ पुगेका टिमले सफलता हाँसिल गरेर तराई मधेसको शान राख्न सफल भएको छ । काठमान्डौँको ज्ञानेश्वर स्थित चलेको त्रिदिवसीय कार्यक्रममा सहभागीता जनाएका मोनाष्टिकका लियो कैयूम राईनले उच्च माध्यमिक तहबाट दोस्रो स्थान हाँसिल गरेका हुन् । 

 

नेपालैभरिको ९० वटा नीजि विद्यालय तथा १२ सय विद्यार्थीमध्ये मोनाष्टिकका राईनले दोस्रो स्थान दिलाउन सफल भएको मोनाष्टिकका प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले जानकारी दिए । 

 

विजेता राईनलाई मोनाष्टिकको तर्फबाट पुरस्कार ग्रहण गर्न मञ्चमा विज्ञान, प्रविध तथा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए । 

 

क्वेस्ट नेपभल तथा ग्यालेक्सी पब्लिक स्कूलको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमलाई उद्घाटन सत्रमा विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले उद्घाटन गरेका थिए भने मन्त्रालयका सचिव बरालले समापन गरेका हुन् । 

 

मोनाष्टिकले गत वर्ष सन् २०१७ मा जनकपुरधाममा आयोजना गरेको १३ औँ  को लागि समेत उत्कृष्ट पुरस्कार पाएका हुन् ।  राजधानीमा गएर विद्यालयले देशैभरिका विद्यालयहरुको माझबाट दोस्रो स्थान ल्याएपछि बधाईको ओइरो लागेको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७५ कार्तिक १८ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus