डा. सिके राउत थप १५ दिन थुनामा बस्ने !

राउतलाई थप १५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

२०७५ कार्तिक १६ शुक्रबार
बिहान ०८:१८ बजे
संजय सहनी, रौतहट
File Photo For Dr CK Raut.

 

न्यूज ब्यूरो, रौतहट । राज्यविरुद्धको संगठित अपराधको मुद्दा खेपिरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सी.के. राउतलाई जिल्ला अदालत रौतहटले थप १५ दिन थुनामा राख्न आदेश दिएको छ ।

 

 विहीवार रौतहटको सदरमुकाम गौरस्थित जिल्ला अदालतमा बहसको क्रममा इलजासले सो निर्णय गरेको हो । राज्यविरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउतसहित ५ जना गठबन्धनका नेताहरु अब प्रहरी हिरासतमै रहने भएको छ । 


 राउतलाई अदालतमा पेश गर्ने दिन आज अदालत वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएतापनि कार्यकर्ता र समर्थकहरु शान्तिपूर्ण नारा जुलुस गरी सडकमा उत्रेका समर्थकहरु निरास भएर घर फक्रिएका छन् । राउतसँगै जिल्ला संयोजक अशोक सिंह, वीरेन्द्र दास, जयप्रकाशकुमार साह, दिनेशलाल यादव जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन् ।


राज्य विरुद्धको अपराधको मुद्दामा पक्राउ परेका राउतलाई प्रहरीले अहिले सांगठित अपराध मुद्दामा अनुसन्धान गर्न म्याद मागेको हो । सांगठिक अपराधको मुद्दामा अनुसन्धानका लागी प्रहरीले ६० दिनसम्म म्याद पाउने कानूनी प्रावधान रहेको छ ।


 जिल्ला न्यायाधिश प्रकाश श्रेष्ठको इजलासमा बिहीबार भएको बहस पछिको फैसला अनुसार स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतलाई थप १५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश भएको अदालत श्रोतले जनाएको छ । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७५ कार्तिक १६ शुक्रबार

Bureau Menus