गौर नगरपालिकालाई वडाध्यक्ष साहको 'विकास प्रेम - पत्र'

नीय छोरीचेलीलाइ कम्प्युटर कक्षाको संचालन गर्दै आएका साह स्थानीय सर्वसाधारणको मन जित्न सफल

२०७५ कार्तिक १४ बुधबार
रति ८:१४ बजे
संजय सहनी, रौतहट

 


न्यूज ब्यूरो, रौतहट ।  रौतहटको गौर नगरपालिकालाई एक वडाध्यक्षले विकास सन्दर्भमा बजेट र विकास प्रेम पत्र पठाएका छन् ।

 


गौर नपा वडा नम्वर १ का वडाध्यक्ष भरत साहले पत्र संख्या २०७५/०७६ को चलानी नम्व पत्र मार्फत बजेटको जानकारी सम्बन्धमा पत्र प्रशासकीय अधिकृत लाइ पत्र पठाएका छन् ।गौर नगरपालिकाको प्रशासकीय अधिकृतको नाममा वडाध्यक्ष साहले पत्र मार्फत विभिन्न शिर्षकहरुमा के कति खर्च भएको हो सोको विवरण माग गर्दै पत्र पठाएका हुन ।

 

नगरपालिकाबाट कुन शिर्षकमा कति रकम र कुन कुन स्थानको लागि विजयोजन गरेको हो भने वडाध्यक्ष साहद्धारा लिखित रुपमा नपालाई पत्र पठाएर विभिन्न शिर्षकहरुमा के कति रकम खर्च भएको हो वारे यथार्थ विवरण माग गरेको हो ।

 


नगरपालिकाको कोषबाट मर्मत सम्भारको लागि सडक वोर्ड नेपालको के कति बजेट स्वीकृत रहेको छ र सो रकमबाट संचालन हुने कुन कुन योजना हुन् रु तथा हाल सम्म कति मर्मत सम्भार कार्यमा कहाँ कहाँ कति रकम खर्च भईसकेको छ रु सोको जानकारीको साथै तराई मधेश समृद्धि कार्यक्रम तर्फ कति बजेट र कुन योजना छनौट गरिएको छ रु सोको समेत जानकारी गराउन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरेर गौर नगरपालिका संग जानकारी माग गरेको वडाध्यक्ष साहले बताए ।

 

गौर नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि नगरको भित्री सडकहरु मर्मत सम्भारको नाममा लाखौं रकम खर्च भईसकेको छ तर उक्त सडकहरु जस्ताको तस्तै रहेको पाइएको छ । 

 

खास गरेर ट्रान्समिटर चोक देखि तैयब नरसिंग होम हुँदै जुद्ध माध्यमिक विद्यालय जाने सडकको विभिन्न स्थानहरुमा हिलोहिलाम्मै रहदा वडाध्यक्ष साहको निजी लगानीबाट तैयव नरसिंग होम अगाडी केही मर्मत कार्य गरिएको छ ।

 


नगरको विभिन्न सडकहरुमा मर्मतको नाममा लाखौं रकम निकासा भई मर्मत कार्य कागजमै भईसकेको छ तर उक्त सडकको अवस्था हेर्दा चित्त दुखेको वडाध्यक्ष साहले गुनासो गरे । धरखन चोक देखि शिवालय मन्दीर जाने बाटोमा कालोपत्रे गर्ने बहानामा २८ लाख रकम गत आर्थिक बर्षमा खर्च भएको छ । 

 

यस्तै प्रभात बोडिंग स्कूल देखि लिएर पोखरिया टोल जाने बाटोमा पनि मर्मत भएको छ तर लगानी अनुसारको प्रतिफल बाटोमा नदेखिएको गुनासो वडाध्यक्ष साहको छ । यसरी जनप्रतिनिधि निर्वाचित भईसकेपछि विकासको ठूलो फड्को मार्छ भने नगरवासीहरुको ठूलो अपेक्षा थिए तर उनीहरुको अपेक्षा सबै सपना भई तुहिएका छन् ।

 

जनप्रतिनिधि नआउदा नगरपालिकाबाट प्रत्येक बर्ष मर्मत शिर्षकमा ३ देखि ५ लाख रुपैया विनियोजन हुने गरेको भएपनि जनप्रतिनिधि आएपछि उक्त रकम २० गुण बढ्दा पनि विकास हेन जनताहरु पाउन सकेको छैनन् । 

 

आफ्नै व्यक्तिगत लगानीबाट स्थानीय छोरीचेलीलाइ कम्प्युटर कक्षाको संचालन गर्दै आएका साह स्थानीय सर्वसाधारणको मन जित्न सफल छन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

  • २०७५ कार्तिक १४ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार

पूरा पढ्नुहोस्

Bureau Menus