क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघमा 'यादव' प्यानल विजयी 

जम्मा ३ सय ७७ सदस्य रहेको यस संघको  मतदानमा ३ सय ६८ मतदान भएको

२०७५ कार्तिक १० शनिबार
बिहान ०९:३३ बजे
विनय कुमार यादव

 

विनय कु. यादव, धनुषा ।  क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगर धनुषामा सुरेश यादवको पुरै प्यानल नै विजयी भएको छ । 

 

शुक्रबार विहानैदेखि भएको मतदानबाट राती भएको मतगणनाले काँग्रेस पक्षधर अध्यक्षका उम्मेदवार सुरेश यादव आफ्नो पुरै प्यानल सहित विजयी भएको हो । 
जम्मा खसेको ३ सय ६८ मतमध्ये अध्यक्षको लागि यादवले २ सय २१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा पक्षधर राजकुमार महासेठले १ सय ४० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । 

 

यस्तै,  उपाध्यक्षमा बिनय कुमार साह १ सय ८९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी उपाध्यक्षमा ललित साह १ सय ७२ मत प्राप्त गरी पराजय भएका हुन् ।   महासचिवमा दिपक साह १९७ उनको निकटतम प्रतिद्वन्द्वी सुनिल साह १५८, सचिवमा अजय कुमार महतो १८५ उनको निकटतम प्रतिद्वन्द्वी जंगीलाल महतो १७१ र कोषाध्यक्षमा विरेन्द्र प्रसाद साह सुडी २०४ उनको निकटतम प्रतिद्वन्द्वी बिजय कुमार साह १४७ मत प्राप्त गर्न सफल भएका थिए ।

 


त्यसैगरी सदस्यहरुमा महासेठ समूहबाट तीन जना राज नारायण प्रसाद साह (राजु गुप्ता) १८६, संजय कुमार साह १८४ र बसन्त कुमार ठाकुर १८८ ल्याई विजयी हासिल गरेका छन् भने यादव समूहबाट शशी जयसवाल १९३, राम चन्द्र महतो १८५, र महिला सदस्य कुमारी देवी साह १८७ मत प्राप्त गरि विजयी हासिल गर्न सफल भएको छ ।

 

शुक्रवार अपरान्ह सम्पन्न मतदानमा ९७ प्रतिशत मत खसेको थियो । जम्मा ३ सय ७७ सदस्य रहेको यस संघको  मतदानमा ३ सय ६८ मतदान भएको निर्वाचन अधिकृत कमल पण्डितले जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७५ कार्तिक १० शनिबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus