साउदीमा नेपालीको मन जितेर फर्किए दूतावासका प्रथम सचिव राउत

राउतको मृदुभाषी व्यवहारको प्रसंशा समेत गरिएको थियो ।

२०७५ असोज २० शनिबार
दिउसो २:२० बजे
न्यूज ब्यूरो, प्रदेश नं. २
प्रथम सचिव राउतसहित बिदाई कार्यक्रममा सहभागिहरुको सामुहिक दृश्य ।

न्यूज ब्यूरो, साउदी अरब । आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी नेपाल फर्किएका साउदीस्थित नेपाली राजदूतावासका प्रथम सचिव विजय कुमार राउतलाई साउदीको रियादस्थित रहेका नेपालीहरुको क्रियाशील सामाजिक संगठन मिथिला संस्कृति समाजले बिदाई गरेका छन् । समाजले दूतावासका प्रथम सचिव राउतलाई ओक्टुवर ५ तरिख शुक्रबार रियादस्थित सुलईको ९१ नम्बर अस्तारामा बिदाई कार्यक्रमको आयोजना गरी कदर–पत्रका साथ कपडा, घडी र दोसल्ला ओढाई बिदाई गरेका हुन् ।

 

राउतले नेपाली दुतावास रियादमा प्रथम सचिवका रुपमा काम गरी रोजगारीका क्रममा साउदीमा रहेका नेपाली श्रमिकहरुको पक्षमा निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै बिदाई गरिएको आयोजकले जनाएको छ । नेपाली श्रमिकहरुका समस्या समाधान गर्न राउतले दिनरात र छुट्टि पनि नभनी पुर्याएको योगदानको सम्मान स्वरुप रोजगारीको शिलशिलामा साउदीमा रहेका नेपालीहरुको सामाजिक संगठन मिथिला संस्कृति समाजले बिदाई कार्यक्रमको अवधारणा लिएर कार्यक्रम गरेको समाजका कोषाध्यक्ष बिन्देश्वर यादवले बताउनुभयो । 

 

 

समाजका वरिष्ठ सल्लाहकार तथा सूचना प्रमुख बिसुन यादवले प्रथम सचिव राउतको मृदुभाषी व्यवहारको प्रसंशा गर्दैे दूतावासको साधन र श्रोतले भ्याएसम्म स्थानीय कानुनलाई सम्मान गर्दै आफ्नो क्षमताले भ्याएसम्म समस्यामा परेका नेपाली मजदुरहरुको पक्षमा काम गरेको स्मरण गराएका थिए ।

 

बिदाई मन्तव्यको क्रममा समाजका अध्यक्ष जितेन्द्र साहले राउतको कार्यशैली र योगदानको चर्चा गरेका थिए । त्यसैगरी, समाजका महासचिव सुशील कुमार मण्डल, उपाध्यक्ष सुनील साह र सल्लाहकार महाजन मण्डलले पनि राउतको कार्यकालमा समस्यामा परेका नेपाली कामदारहरुको पक्षमा सकारात्मक कामहरु सम्पादन भएको अवगत गराएका थिए ।

 

सम्मानित व्यक्तित्व राउतल आयोजक संस्था तथा अतिथि र कार्यक्रममा उपस्थित सबै नेपालीहरुलाई धन्यवाद प्रकट गर्दै नेपाल र नेपालीहरुको हितको पक्षमा अझ जिम्मेवार भएर प्रस्तुत हुन यो कार्यक्रमले प्रेरणा मिलेको बताउनुभयो ।

 

 

कार्यक्रममा मनोरञ्जनसहित मिथिला मधेशको संस्कृति र परम्परामा आधारित चर्चित मैथिली गित “जानकी मन्दिर, जनकपुरधाम ई सभक जान छै , धोती, कुरता, गम्छा आ पगरी मधेशके पहिचान छै” गितमा उपस्थित सबैले कम्मर समेत मर्काएका थिए ।

 

कार्यक्रममा समाजका प्रतिनिधिहरु, साउदीस्थित विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७५ असोज २० शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus