नेपाल र भारतको सम्बन्ध 'दिल र दिमाग' जस्तै : आचार्य बालकृष्ण

धनुषाको ढल्केवर स्थितको पोखरियालाई मानव सेवाको भुमिको रुपमा परिणत गर्नुपर्ने

२०७५ असोज १५ सोमबार
बेलुकी ७:४० बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम ।  विश्वविख्यात योग गुरु बाबा रामदेवका चेला आचार्य बालकृष्णले नेपाल भारतको सम्बन्ध दिल र दिमागको जस्तै रहेको बताउनुभएको छ । 

 

भौगेलिक रुपमा प्रदेश नं. २ सानो भएपनि जनसँख्याको हिसाबले निकै ठुलो रहेकोले यस प्रदेशलाई समृद्ध बनाउन आफुले कुनै कसर बाँकी नराख्ने बताउँदै  उहाँले यसमा आफुलाई स्थानिय र प्रदेश सरकारको साथ चाहिएको समेत बताउनुभयो । 

 

सोमबार धनुषाको ढल्केबरमा आयोजना गरिएको आचार्यको अभिनन्द तथा स्वागत कार्यक्रममा उनले यस ठाउँमा केही जग्गाको व्यबस्था हुन सके त्यस जग्गामा जडिबुटी खेती गर्न ईच्छुकहरुलाई तालिम गराएर खेती गर्न प्रोत्साहन गर्ने समेत बताउनुभएको छ । 

 

 आयुर्वेद र योगको व्यबस्थित सेन्टर सँचालन गर्ने र रोगीहरुको लागि अस्पताल समेत खोल्न सकिने बताउनुभयो । कार्यक्रममा  प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले धनुषाको ढल्केवर स्थितको पोखरियालाई मानव सेवाको भुमिको रुपमा परिणत गर्नुपर्ने बताउनुभयो ।

 

त्यस स्थानमा जडिबुटी उत्पादन, प्रशोधन केन्द्र तथा मानव सेवाका लागि आयुर्वेद अस्पताल जस्ता सँरचना स्थापित गर्न आयार्च आतुर रहेको बताउनुभयो । 

मिथिला नगरपालिकाद्धारा धनुषाको ढल्केवर स्थित पोखरिया ७ मा आयोजित आयुर्वेद गुरु बालकृष्ण आचार्यको अभिनन्दन तथा सम्मान समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले त्यस स्थानमा जडिबुटी उत्पादन, प्रशोधन केन्द्र तथा मानव सेवाका लागि आयुर्वेद अस्पताल जस्ता सँरचना स्थापित गर्न खोजेको आचार्य बालकृष्णको भनाईप्रति प्रशँसा गर्दै यसमा स्थानिय तथा प्रदेश सरकारले सहयोग गर्नुपर्ने पनि बताउनुभयो ।

 

कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले यसैबर्ष धनुषाको ढल्केवरमा प्रदेश सरकारले भ्यु टावरको निर्माण गरी त्यस स्थानलाई पर्यटकिय स्थलको रुपमा विकास गर्ने समेत बताउनुभयो ।


कार्यक्रम पश्चात प्रदेश प्रमुख, आन्तरिक मामिला तथा कानुन मन्त्री र आचार्य बालकृष्णले त्यहाँ अवस्थित औरही बाबा ताल तलाउको अवलोकन समेत गर्नुभएको थियो ।

 

उक्त समारोहमा प्रथम महिला सबिता कायस्थ, मिथिला नगरपालिकाका मेयर हरि नारायण महतो, उपमेयर तारा बस्नेत लामा, पतञ्जली योगपिठ नेपालका ट्रष्टी शालिग्राम सिँह, भारतका मुक्तानन्द महराज, प्रदेश २ का साँसद कौशल यादव, एनआरएनका सँस्थापक अध्यक्ष उपेन्द्र महतो सहित स्थानियवासी तथा प्रदेश २ का बिभिन्न योगगुरु, साधक साधिकाको उपस्थिति रहेको थियो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७५ असोज १५ सोमबार

Bureau Menus