• २०७५ कार्तिक १ गते, बिहीबार
०८:१३ am

डा. सिके राउत जनकपुरधाममा, शहिदप्रति गरे श्रद्धाञ्ली र सम्मान !

डा. राउत जनकपुरधामको रामानन्दचोकमा कार्यकर्ता तथा समर्थकहरुलाई सम्बोधन गरेका छन् ।

तस्विर : विनय कुमार यादव, धनुषा


न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउत आखिरसम्म जनकपुरको कार्यक्रममा सहभागी भएका छन् ।

 

 

चलु जनकपुर भरु जनकपुर कार्यक्रमलाई विथोल्न नेपाल प्रहरीले अथक प्रयास गरेपनि अन्तोअन्त डा. सिके राउतले कालो दिवसमा सहभागी हुँदै मधेसी शहिदहरुप्रति सम्मान गरेका छन् ।

सिके राउतले जनकपुृरधाममा आफ्नो शक्ति देखाएका छन् ।

 

डा. सिके राउतलाई पक्राउ गर्न धनुषा सहित आसपासका जिल्लाका प्रहरी व्यापक सँखयामा खटाउँदै उनलाई खोज्दै सर्च अभियान समेत चलाइएको थियो । तर प्रहरीको कडा निगरानी र सुरक्षाबीच डा. सिके राउत आखिरकार कार्यक्रममा सहभागी भएका छन् ।

 

गाउँ गाउँबाट जनकपुरधाम आएका हजारौँ हजार सँख्यामा कालो दिवस तथा सिके राउतलाई स्वागतको लागि सर्वसाधारण युवाहरु जनकपुरधाम तताएका छन् ।

 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस