मिर्चैयामा खुल्लेआम अश्लिल “ओरकेष्ट्रा”, प्रशासन अनभिज्ञ

धार्मिक पूजनपाठनमा यस किसिमको अश्लिल कार्यक्रम आयोजना गरिएर तराई–मधेशको सँस्कृति उपर धारिलो प्रहार भएको देखिन्छ ।

२०७५ असोज १ सोमबार
दिउसो ४:५२ बजे
न्यूज ब्यूरो, प्रदेश नं. २
मूख्य राजमार्गमै नाच्दै ओरकेष्ट्रा । 

न्यूज ब्यूरो, सिरहा । स्थानीय प्रशासनले जिल्लामा अश्लिल ओरकेष्ट्रा नचाउन प्रतिबन्ध लगाएपनि मिर्चैयामा खुल्लेआम मूख्य राजमार्गको छेउमै अश्लिल ओरकेष्ट्रा नचाइएको छ । विश्वकर्मा पूजाको अवसर पारेर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् मिर्चैया नपा–६ स्थित मटियर्वा चोकमा दिनदहाडै खुल्लेआम अश्लिल ओरकेष्ट्रा नचाइएको हो । 

 

जिल्ला प्रशासन कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाले भजन कृर्तन बाहेकका अश्लिल कार्यक्रम तथा नृत्यमा पूर्णतः रोक लगाएपनि मिर्चैयामा भने सुन्नै नसकिने अश्लिल भोजपुरी गित बजाएर महिला नर्तकी (ओरर्केष्ट्रा) नाचिएको छ ।

 

विश्वकर्मा पूजाको अवसर पारेर स्थानीय केही यूवा तथा व्यापारीहरुले मनोरञ्जनको हिसाबले महिला नर्तकी (ओरकेष्ट्रा) नचाएका हुन् । 

 

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहसँग यस सन्दर्भमा कुरा गर्दा उनले सामान्य साँस्कृतिक कार्यक्रम भएको दावी गर्दै अश्लिल ओरकेष्ट्रा बारे जानकारी नभएको र आयोजकलाई सामान्यखाले कार्यक्रमको मात्र अनुमति दिएको बताए । उनले भने, ‘महिला नर्तकी र अश्लिल गितमा नृत्य गर्न पाउँदैन, समाजिक सद्भाव खलबल्लीने गरी त्यस्तो कुनै प्रकारको गतिविधि गर्न पाउँदैन ।’ डिएसपी शाहले न्यूज ब्यूरोसँग भने ।

 

तर, स्थानीय बुद्धिजिवीहरुले भने मूख्य राजमार्गमै खुल्लेआम अश्लिल गितमा ओरकेष्ट्रा नचाउनु र प्रहरी अनभिज्ञ रहनुमा पावरबालाको ईसारा हुन सक्ने प्रतिक्रिया दिए ।

 

पछिल्लो समय प्रदेश २ मा कुनैपनि पर्वमा ओरकेष्ट्रा नभई नहुने जस्तो प्रवृति हावी भएको देखिएको छ । धार्मिक पूजनपाठनमा यस किसिमको अश्लिल कार्यक्रम आयोजना गरिएर तराई–मधेशको सँस्कृति उपर धारिलो प्रहार भएको देखिन्छ ।


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७५ असोज १ सोमबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus