धनुषाकी एक वृद्धालाई अपन मिथिला सेवा समाजको सहयोग

आर्थिक सहयोग पाएपछि उनी खुसी हुँदै अपन मिथिला सेवा समाजप्रति आभार प्रकट गरिन् ।

२०७५ भदौ ३१ आइतबार
रति ८:०३ बजे
न्यूज ब्यूरो, प्रदेश नं. २

न्यूज ब्यूरो, जनकपुरधाम । रोजगारीको शिलशिलामा विभिन्न पेशामा संलग्न रही विभिन्न मुलुकमा छरिएर रहेका मधेसी मुलका नेपाली यूवाहरुको साझा सामाजिक संगठन अपन मिथिला सेवा समाजमा आवद्ध नेपाली यूवाहरु सहयोगको भावना बोकी निरन्तर सहयोगमा जुटेका छन् ।

 

बैदेशिक रोजगारीको शिलशिलामा साउदी, कतार, दुबई, मलेसिया, भारतलगायत अन्य देशहरुमा छरिएर रहेका युवाहरु विपत परेका बेला नेपालीलाई भौतिक तथा आर्थिक सहयोग गर्दै आएका हुन् ।

 

यसैक्रममा अपन मिथिला सेवा समाजले कतार शाखाको सहयोगमा धनुषाकी एक वृद्धालाई आर्थिक सहयोग गरेका छन् । समाजले धनुषाको कमला नगरपालिका ८ टेरहा डुमरिया बस्ने रुकमिनी देवी शर्माको घरमै पुगी २० हजार ५ सय सहयोग रासी हस्तान्तरण गरेको हो ।

 

छोराछोरी नभएको शर्माको पतिको निधन भइसकेपछि उनी बिचल्लीमा छिन् । आर्थिक अभावको कारण उपचार नहुँदा रोगले समेत थलिएका उनको सहारा कोही नभएपछि समाजले नगद रासी सहयोग गरेका छन् ।

 

आर्थिक सहयोग पाएपछि उनी खुसी हुँदै अपन मिथिला सेवा समाजप्रति आभार प्रकट गरिन् ।

 

चरम गरिबीका कारण उनलाई वर्षायाममा बस्ने घरको समेत समस्या छ । पीडित शर्माले सबैसँग सहयोगको लागि अपिल समेत गरेकी छन् ।

 

समाजका केन्द्रीय कार्यालय जनकपुरका पदाधिकारी कैलाश यादव, भरत चौधरी यादव, कृष्ण शर्मा, रहमत हस्मी सलामत र रासलाल पासमानको टोली शनिबार उनको घरमा पुगेर सहयोग रासी हस्तान्तरण गरेका थिए ।

 

विपत्तिमा परेका नेपालीहरुलाई मानवताको नाताले सक्दो सहयोग गर्नका लागि सदैव तत्पर रहेको कतार शाखाका मन्साराम यादव र शत्रोहन मण्डलले न्यूज ब्यूरोसँग भने ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७५ भदौ ३१ आइतबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus