बर्दिवासमा स्वास्थ्य जाँच सँगै स्वास्थ्य विमा पनि 

२०७५ भदौ २१ बिहीबार
रति ९:०४ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, महोत्तरी ।  महोत्तरीको बर्दिवासमा रहेको बर्दिवास जनसेवा हस्पिटल प्रा.लि. र सनराईज बैंक बर्दिवास शाखा बीच स्वास्थ्य बीमा सुविधा स्वास्थ्य उपचार सेवा प्रदान गर्न सम्झौता भएको छ । 

 


सनराईज बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको लागि प्रदान गर्दै आएको स्वास्थ्य बीमा सुविधाको लागि महोत्तरीमा बर्दिवास जनसेवा हस्पिटलबाट  स्वास्थ्य परिक्षण सेवा प्रदान गर्न सम्झौता भएको हो । बैंकका प्रबन्धक दिपेश ढकाल र हस्पिटलका संयोजक नबिन्द्र कार्कीले सनराईज बैंकको स्वास्थ्य योजना पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

 


 उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु.१ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइने बर्दिवास शाखाका प्रवन्धक दिपेश ढकालले जानकारी दिनुभयो ।

 


 बैंकमा खाता रहेकोहरुको लागि हस्पिटलमा उपचारको लागि आउने सेवाग्राहीहरुको लागि हस्पिटलमा परिक्षण गराउँदा वा हस्पिटलमा भर्ना भई उपचार गराउँदा लाग्ने शुल्कमा १५ प्रतिशत सम्म छुट दिने व्यवस्था गरेको छ । हस्पिटलबाट सेवाग्राहीहरुले सेवा लिन बैंकले जारी गरेको कार्ड, भिसा कार्ड लिई सेवा लिन आउनुपर्ने छ । 

 


 बैंकका प्रबन्धक ढकालले सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा र सुलभ उपचार सेवा दिन भन्दै ग्राहकहरुलाई बिशेष छुट दिन हस्पिटल संग आवद्धभएको बताउनुभयो । बर्दिवास शाखामा मात्रै ९ हजार सेवाग्राही रहेको जानकारी दिनुभयो । हस्पिटलले भने तोकिएको सेवाहरुमा १५ प्रतिशत छुट दिने व्यवस्था रहेको बर्दिवास जनसेवा हस्पिटलका संयोजक नविन्द्र कार्कीले जानकारी दिनुभयो ।

 

 हस्पिटलले बर्दिवास नगरपालिकामा ११ बर्ष देखि स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । हस्पिटलमा हाल जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग , स्त्री तथा प्रसुती रोग सम्बन्धी उपचार तथा शल्यक्रिया सेवा प्रदान गर्दै आईरहको बर्दिवास जनसेवा हस्पिटलका संयोजक कार्कीले बताउनुभयो । 

 


त्यस्तै सनराइज  बैंक लिमिटेडले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि सामूहिक दुर्घटना बीमा सुविधा समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा रु. ५ लाखमा नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउन सक्ने छन् ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७५ भदौ २१ बिहीबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus