जनकपुरको 'ल्याण्डफिल्ड साईट' को सम्झौता रद्द हुने ? 

विपक्षी दलको अवरोध र जग्गा विवादका कारण निर्माण कार्य शुरु गर्न ढिलाइ भएको दाबी |

२०७५ भदौ ९ शनिबार
बिहान १०:५७ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, ९ भदौ ।
 एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा जनकपुरमा सञ्चालित एकीकृत शहरी विकास आयोजना फेरि अन्योलमा परेको छ ।


 २०६९ सालमा तत्कालीन जनकपुर नगरपालिका, एडीबी र शहरी डिभिजन कार्यालयबीच फेब्रुअरी २०१८ मै निमौण कार्य सम्पन्न गर्र्ने त्रिपक्षीय सम्झौता भएको थियो। तर, सरोकारबाला निकायको ढिलासुस्ती तथा विभिन्न प्रकारका बाधा अवरोधका कारण उक्त आयोजना समयमै सम्पन्न हुन नसक्ने भएपछि एक वर्षको म्याद थय गरिएको थियो । आजको न्यूजपेपर दैनिकमा समाचार छ । 

 

आयोजनाको समयसीमा ९३ दिन मात्र बाँकी रहँदा समेत ल्यान्डफिल साइट निर्माणको काम सुरु नै नभएपछि एडीबीले सम्झौता रद्ध गर्ने करिब निश्चित भएको छ । एडीबीले आयोजना सम्झौता गर्दा सबैभन्दा महत्वपूर्ण विषय ल्यान्डफिल साइटलाई बनाएको थियो । 

 

सडक र ढल निर्माण भइसकेपछि फोहोर व्यवस्थापन चुनौती बन्न सक्ने बताउँदै एडीबीले ल्यान्डफिल साइटलाई विशेष महत्व दिएको थियो। ल्यान्डफिल निर्माण गर्न ४८ करोड रुपैयाँ छुट्टै विनियोजन भएको थियो ।

 

 ल्यान्डफिलका लागि गुठी संस्थानले जनकपुर–१८ भोइलमा जनकपुरमा ल्याण्डफिल साइटको सम्झौता रद्द हुने १२ बिघा १० कठ्ठा १६ धुर जग्गा उपलब्ध गराएको छ। वार्षिक चार लाख पाँच हजार रुपैयाँ उपमहानगरले तिर्ने गरी २० फागुन ०७३ मै गुठी संस्थानसँग सम्झौता भएको थियो ।

 


तर, सम्झौता भएको डेढ वर्ष बितिसक्दा पनि उपमहानगरले ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढाउन सकेको छैन। निर्माण कार्य अघि बढाउन समयमै चासो नदिँदा बाँकी रहेको ९३ दिनभित्र ल्यान्डफिल साइट निर्माण पूरा नहुने देखिएपछि एडीबीले सम्झौता रद्ध गर्नुका साथै पैसा पनि फिर्ता लाने सम्भावना बढेर गएको हो ।

 


 २०६९ सालमा सम्झौता भएको आयोजनाको निर्माण चार वर्षपछि १ वैशाख ०७४ देखि मात्रै काम शुरु भएको थियो। एडीबीको ९८ करोड ऋण अनुदानमा सञ्चालित आयोजनाको निर्माण शुरु गर्न ढिलाइ भएकाले अहिले समयसीमा पूरा गर्नुपर्ने दबाब बढेको हो। अब ९३ दिन मात्र बाँकी रहेको र अहिलेसम्म ल्याण्डफिल साइटको काम सुरुसमेत नभएकाले सम्झौता रद्ध हुने निश्चित भएको शहरी विकास आयोजना प्रमुख प्रदिप सिंहले बताए । 

 


जनकपुर उपमहानगरकी उपमेयर रिता झाले भने विपक्षी दलको अवरोध र जग्गा विवादका कारण निर्माण कार्य शुरु गर्न ढिलाइ भएको दाबी गरिन् । 


तर, जनकपुर उप– महानगरपालिका कांग्रेसका नगर अध्यक्ष मनोज साहले उपमहानगरपालिकाका मेयर लाल किशोर साहले निर्माण कार्यमा वा कुनै समस्या आएपछि राष्ट्रिय पार्टीलाई बैठक बोलाएर समस्या समाधान गर्नुपर्ने भएतापनि नगरपालिकाले कसैलाई नखोजेको आरोप लगाए। तोकिएको समयमा काम सुरु नहुनुका साथै निर्माण कम्पनी रमण कन्स्ट्रक्सनले पनि ढिलाइ गर्दा समस्या आएको स्थानीयहरु बताउँछन् । जनकपुबाट प्रकाशित हुने आजको न्यूजपेपर दैनिकमा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७५ भदौ ९ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus