जनकपुरधाममा केपी ओली गो ब्याक , ६ जना पक्राउ !

अहिले प्रदेशसभा २ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन केहि बेरपछि सम्बोधन गर्नुहुने छ ।

२०७५ भदौ २ शनिबार
दिउसो १२:११ बजे
न्यूज ब्यूरो, प्रदेश नं. २


न्यूज ब्यूरो |
जनकपुरधाम, २ भदौ ।
 देशका प्रधानमन्त्रीको जनकपुरधाम आगमनले जनकपुरका युवाहरु तातिएका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन तयाीमा रहेका केही युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मासका संयोजक सरोज मिश्र, जानी खान, प्रसान्त झा, संजय यादव, आसुतोश झा, पंकज साह र संदेश मिश्रलाई प्रहरीले पक्राउ गरेको हो ।

 


ती युवाहरुलाई प्रहरीले जनकपुरधामको मुरलीचोक र श्याम चौकबाट पक्राउ गरेको जनाएको छ । मधेशको माग सम्बोधन नगरेको र लामो मधेश आन्दोलनमा मधेशीलाई होच्याउने अभिव्यक्ति दिएको भन्दै ती युवाहरु प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने तयारीमा रहेका थिए ।

 

जनकपुर विमान स्थलबाट प्रदेश २ सभा आउन लागेको बेला प्रधानमन्त्रीलाई प्लेकाड लिएर विरोध गर्नुको साथै कालो झण्डा देखाउने तयारीमा रहेको बेला पक्राउ परेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।


यता अहिले प्रदेशसभा २ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन केहि बेरपछि सम्बोधन गर्नुहुने छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७५ भदौ २ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus