ब्यूरो अपरेशन - जनकपुरधाममै भेटियो अखाद्य प्लास्टिकको अण्डा !

पुलचोकमा रहेको रघुविरको पसलबाट ती प्लास्टिकको अण्डा भेटिएको बताइएको छ । 

२०७५ भदौ २ शनिबार
बिहान ०९:३८ बजे
न्यूज ब्यूरो, प्रदेश नं. २


न्यूज ब्यूरो  |
जनकपुरधाम, २ भदौ ।
प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा अखाद्य पदार्थ प्लास्टिकको अण्डा फेला परेको छ । 

 

 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पुलचोकको एक पसलबाट एक उपभोक्ताले खरिद गरी लगेको हाँसको अण्डा अखाद्य तथा प्लास्टिकको भएको भेटिएको छ । 

 

 

जनकपुर उपमहानगरपालिका वडा नं. १ बस्ने स्थानीय श्रीवोध ठाकुरले गएराती पुलचोकमै रहेको एक मदिरा पसलबाट ४ वटा अण्डा खरिद गरेका थिए ।

 

 

अण्डालाई उबालेपछि एक अण्डा पूर्णत कालो भएपछि खराब भएको भन्दै फालेका थिए भने बाँकीका अण्डामध्ये २ ठिकै रहेको तथा एकलाई तेलमा हाल्दा धेरै बेरसम्म रातो नभएपछि शंका लागेको थियो । 

 

 

कराहीबाट निकालेर शंकास्पद अण्डालाई हातले दबाएपनि फुट्न नथालेपछि अण्डा प्लास्टिकको रहेको भनेर शंका यकिनमा बदलियो । 

 

 

त्यसपछि सेलाएर अण्डामा आगो लगाएपछि प्लास्टिकझैँ जल्न थालेपछि ती अण्डा पूर्णत प्लास्टिककै रहेको भनेर यकिन हुन आएको उपभोक्ता ठाकुरले न्यूज ब्यूरोसँग भने । 

पुलचोकमा रहेको रघुविरको पसलबाट ती प्लास्टिकको अण्डा भेटिएको बताइएको छ । 

 

 

जनकपुरधाममा यस्ता अखाद्य पदार्थ खु्ल्लेआम विक्रि भईरहँदा स्थानीय प्रशासनले समयमै चासो लिनु आवश्यक रहेको छ । 

प्लास्टिकको अण्डालाई जहर समान मानिन्छ । 

 

 

 

 

प्रदेश नं. २ को जनकपुरधामबाट त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि.द्धारा सँचालित तराई मधेसको नं. १ डिजिटल पोर्टल  
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतीय ह्याकरद्धारा संघीय सँसदको वेभसाइट ह्याक, लेख्यो -'Stop Supporting China'

  • २०७५ भदौ २ शनिबार

न्यूज ब्यरो, जनकपुरधाम ।  पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार

पूरा पढ्नुहोस्

Bureau Menus