मटिहानीका किसानलाई तालिमसंगै सामग्री प्रदान

२०७५ असार ३२ सोमबार
बिहान ०७:३४ बजे
न्यूज ब्यूरो, डेस्क


रंजन भण्डारी |
महोत्तरी,३२ असार ।

तरकारी खेतीको लागि उत्तम मानिएको मटिहानीका ६० नागरिक सचेतना केन्द्रका सदस्य तथा घरपरिवारलाई तालिमसंगै खेतीमा प्रयोगमा आउने सामग्री प्रदान गरिएको छ । 


मटिहानी नगरपालिकाको आयोजनामा मटिहानी नगरपालिका वडा नं. १,२ र ९ का ५४ महिला र ६ पुरुष सदस्यहरुलाई उक्त तालिम र सामग्री दिइएको हो । 


नेपाल ग्रामिण पुनरनिर्माण संस्था(आरआरएन)द्वारा संचालित सामुदायिक विकास कार्यक्रम(सिडिपी)को सहजीकरणमा कार्यक्रम आईतवार सम्पन्न भएको थियो ।


तालिममा सहभागी स्थानिय लिला देवीले आफुले करेसावारीमै सामान्य तरकारी उब्जनी गर्ने गरेपर्नि  व्यवसायिक रुपमै तरकारी खेती गरि आत्मनिर्भर समेत बन्न सक्ने विगतमा आफुले नबुझे पनि हाल पाच दिने तालिमबाट तरकारी खेतीको विभिन्न प्राविधिक ज्ञान प्राप्त भएको र यसै तालिमबाट सिकेका प्रविधीहरु प्रयोग गरि आउदा दिनमा व्यवसायिक तरकारी खेती गर्ने अठोट व्यक्त गरिन ।


 उनीसंगै अन्य सहभागी प्रशिक्षार्थीहरुले समेत तालिमले जिवनमा निक्कै परिवर्तन ल्याएको र अहिले घरको करेसावारीमा फल्ने गोभी देखि जुन सुकै तरकारी देख्दा यसलाई अझै धेरै फलाई बजारमा कसरी लग्ने भन्नेमात्र सोचाई मस्तिष्कमा आईरहेको बताईन ।


यता मटिहानीका नगरप्रमुख हरि प्रसाद मण्डलले तरकारीको १५ किसिमको विउविजन,वाल्टी,मग,हजारी र औषधी छर्कने मेसिन तालिममा सहभागीहरुलाई हस्तान्तरण गर्दै घरको खेतीलाई व्यवसायिक खेतीमा परिणत गरि आर्थिक रुपले सवल र सक्षम हुन सहभागीहरुलाई उत्प्रेरित गरेका थिए । 


सामग्री वितरण पश्चात वोल्दै नगरप्रमुख मण्डलले मटिहानीको तरकारी खेती जिल्लामै नामी भएकोले अझै वढी प्रविधी र उन्नतजातका विउ विजन प्रयोग गरि मटिहानीको तरकारीलाई अन्य जिल्ला तथा प्रदेशहरुमा समेत पुर्याउन मटिहानी नगरपालिकाले भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७५ असार ३२ सोमबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus