एकडाराले गर्यो सार्वजनिक सुनुवाई, सरोकारबालाको मिश्रित प्रतिकृया

२०७५ असार ३१ आइतबार
बिहान ०८:१४ बजे
न्यूज ब्यूरो, डेस्क

 

रंजन भण्डारी ।
महोत्तरी,३१ असार ।
एकडारा गाउपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । चालु आर्थिक वर्षको लेखाजोखा र निर्वाचित जनप्रतिनिधीहरुको कार्य कुशलताको मापन गर्न गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा मिश्रित प्रतिकृया आएको छ ।

 

कार्यक्रममा उपस्थित केहिले वर्तमान जनप्रतिनिधीले गरेको कामको आलोचना गरे भने केहिले प्रशंसा समेत गरे ।

 

एकडारा गाउपालिकाको लागि शान्ति तथा विकासका लागि युवा संजाल(वाईएनपिडी) ले गरेको वडा स्तरिय सार्वजनिक सुनुवाई पछिको गाउपालिका स्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रममा केहि वक्ताहरुले प्रतिकृया दिदै सवै दल र स्थानिय  जनतालाई वडा तथा पालिका स्तरिय कार्यक्रममा नसमेटिएको आरोप लगाए । त्यसतै पालिकाबाट सम्पन्न भएको कामहरुमा समेत सवैदल तथा स्थानियहरुलाई समावेश नगराइएको गुनासो गरियो ।

 

व्यापक अनियमितता,जनप्रतिनिधीहरुले पार्टीगत र आफन्त तथा नातागोता र कमिशनको लोभमा जथाभावी उपभोक्ता समिति बनाई हुदै नभएको,अधुरो रहेको र थोरै रकममा सम्पन्न हुने कार्यपनि दोव्वर रकम भुक्तान गरि सम्पन्न गरेको लगायतका आरोपहरु सार्वजनिक सुनुवाईका दौरान लगाईए ।

 

यता सार्वजनिक सुनुवाई कार्यक्रमकै दौरान भने केहि वक्ताहरुले वर्तमान प्रतिनिधीहरुले गाउ गाउमा पक्की सडक वनाई दिएको र विगतमा कृषी कार्यालय तथा पशु कार्यालयबाट विउविजन र अन्य पशुजन्य औषधी लगायतको सामग्री नदेखेपनि अहिले पहिलो पटक गाउमै यि सेवा सुविधाहरु समेत पाउन सकेकोमो धन्यवाद दिए ।

 

यता एकडारा गाउपालिकाका अध्यक्ष राम छविला साहले कामका दौरान नियतवश कुनै आफन्तलाई लक्षित गरि कार्यक्रम नदिइएको,विभिन्न प्राविधिक तथा अनुगमन समितिहरुको अनुगमनमा खरो उत्रेका योजनाहरुको मात्र भुक्तानी गरिएको र आफु सम्पुर्ण पालिकाकै अध्यक्ष भएकोले सवै यहाका सवै जनता मेरै आफन्त भएको बताए ।

 

उनले दल वा पक्ष तथा विपक्ष भन्दा पनि गाउपालिकाको विकास नै एकमात्र ध्येय रहेकोले कामका दौरान भुलवश समेत कुनै गल्ती हुन गएको हुन सक्ने भएकोले गल्तीहरुको  जिम्मेवारी समेत आफ्नै भएकोले आगामी दिनहरुमा त्यसता गल्तीहरु प्रति सचेत रह्ने वताए ।

 

एकडारा गाउपालिकाको कुल जनसंख्या २९३१५ रहेकोमा चालु आर्थिक वर्षमा पशु सेवा तर्फ ४५ लाख ९९ हजार,कुषी तर्फ ३३ लाख २० हजार,स्वास्थ्य तर्फ १६ लाख,महिला विकास तर्फ २४ लाख ८२ हजार,खानेपानी तथा सरसफाई तर्फ ९० लाख,खेलकुद तर्फ १० लाख,सडक तर्फ  ५ करोड १३ लाख पचास हजार र शिक्षामा १५ लाख तथा अन्य विभिन्न शिर्षक गरि कुल १८ करोड,९४ लाख ४१ ह्जार ५८० विनियोजन भएको तथ्यांक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

 

उक्त विनियोजित रकमहरु मध्ये चालु तर्फ २ करोड ५५ लाख १५ हजार,पुँजीगत तर्फ १४ करोड ५६ लाख २ हजार ७९० र आन्तरिक तथा अन्यबाट १ करोड ८३ लाख २३ हजार ७९० रहेको छ । यता सामाजिक सुरक्षा भक्ता ४ करोड तिन लाख १४ हजार समेत रहेको छ ।

 

एकडारा गाउपालिकामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम जिल्लाका अन्य पालिकाहरु मध्ये पहिलो र साहसिक कार्य भएको स्थानियहरुले मुल्यांकन गरेका छन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७५ असार ३१ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus