धनुषामा सम्पन्न एन्फा कप उपर ढल्केवरको कब्जा

२०७५ असार ३० शनिबार
रति १०:१९ बजे
न्यूज ब्यूरो, डेस्क


विनय कुमार यादव |
धनुषा, ३० असार
। धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सम्पन्न एन्फा कप फुटबल प्रतियोगिताको उपाधी ढल्केवरले हात पारेको छ । 

 

शनिबार सम्पन्न विद्यालय स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत फाईनल खेलमा महेन्द्र मावि ढल्केवर र सार्वजनिक मावि बेँगाडाबरबीच खेल भएको थियो । 

खेलको अन्तिमसम्म ढल्केवर टिमले ३ गोल गरेका थिए भने बेँगाडाबर मात्र १ गोल गरेपनि ३ १ गोलान्तरले ढल्केवर विजयी हात पारेका छन् ।

 

अखिल नेपाल फुटबल सँघ धनुषा तथा क्षीरेश्वरनाथ नगरपालिकाको सहयोगमा गत असार १७ गतेदेखि विद्यालय स्तरीय फुटबल प्रतियोगिता सुरु भएको थियो ।

जिल्ला भरिका १५ वटा टिम सहभागी उक्त खेल क्षीरेश्वर विद्यालय प्राँगनमा सम्पन्न भएको हो । 

 

क्षीरेश्वर स्पोर्ट क्लबका अध्यक्ष केबल मुखिया र नगर प्रमुख योगेन्द्र पँजियारले सँयुक्त रुपमा विजेता टिमलाई कप प्रदान गरेका थिए ।

 

समापन खेलमा गोरखनाथगणका कर्नेल, सशस्त्र प्रहरी बलका डिएसपी, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक अरुण कुशवाहा, जिल्ला फुटबल सँघ धनुषाका अध्यक्ष सुरेश शर्मा लगायत , वडाध्यक्ष सहित विभिन्न राजनीतिक दलका प्रतिनीधि, स्थानीय युवा तथा खेलाडीहरुको सहभागिता रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७५ असार ३० शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus