"खेलाडीहरुको जीवनयापनको व्यवस्था सरकारले गर्नुपर्छ" : मुख्यमन्त्री राउत

२०७५ असार १९ मंगलबार
बिहान ११:४८ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, १९ असार ।
प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले खेलाडीहरुको जीवन यापनको व्यवस्था सरकारले नगरे सम्म खेलकुदको समुचित विकास हुन नसक्ने बताउनु भएको छ ।

 
एन्फाले मँगलबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय एन्फाको कार्यनीति र विधान सम्बन्धि कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले लामो समयको केन्द्रितकृत शासन व्यवस्थाका कारण उपेक्षामा परेको खेलकुद क्षेत्रले अव विकास गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । 

 


उहाँले भन्नु भयो , एन्फा नेतृत्व दरवार बाट निस्केर जनताको विचमा आएकोमा धन्यवाद दिन चाहन्छौ, खेलकुदको विकासको लागि सहयोग गर्न प्रदेश सरकार तैयार छ ।, 


नेपालमा फुटबलको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उहाँले युवाहरुलाई अनुशासित बनाउन समेत खेलकुदको विकासमा आफुहरुको ध्यान रहेको उल्लेख गर्नु भयो । 


एन्फाका केन्द्रिय अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले एन्फा प्रदेश नं. २ को चन्द्रनिगाहपुरमा महिला टेक्निकल सेन्टरको स्थापना गर्न लागेको जानकारी गराउदै निकट भविष्यमै पुरुष टेक्निकल सेन्टरको समेत स्थापना गर्ने बताउनुभयो । 


उहाँले यो प्रदेशको १२ हजार विद्यार्थीलाई एक साथ फुटबलमा सहभागी गराउने योजना आफुहरुले बनाएको जानकारी समेत गराउनु भयो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७५ असार १९ मंगलबार

Bureau Menus