मुख्यमन्त्री राउतको अभियानमा कत्तारबाट प्रवासी नेपालीको सहयोग 

२०७५ असार ३ आइतबार
बिहान ०९:१७ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
कत्तार, ३ असार
। प्रवासमा रहेका मधेसी मूलका नेपालीहरुले प्रदेश नं. २ को लागि सँचालन गरेको दाईजो मुक्त अभियानलाई निरन्तरता दिएको छ । 

 

शनिबार दोहा कत्तारमा रहेका प्रवासी नेपाली बुद्धिजीवी, युवा, अभियान्ताहरुले अभियानलाई सशक्त पार्दै गरेको बैठकबाट दाईजो मुक्त अभियानलाई अगाडी बढाउने सन्दर्भमा वृहत छलफल गरेका छन् ।

 

देशमै सबभन्दा बढी गरिबीको चपेटामा रहेको प्रदेश २ को विभिन्न देशमा छरिएर रहेका गरिब,दलित र जनजाति आम पीडित नागरिकको आवाज लाई आत्मसात गर्दै प्रदेशलाई दाईजोमुक्त बनाउने तर्फ अग्रसर भएका हुन् ।

 

दहेज मुक्त समाज, अप्पन अभियान– नेपाल संस्था दोहा कतारमा नेपालीहरूको जमघटले अभियानलाई तिव्रता दिने बताएका छन् ।


कत्तारको एशिया टन (सनैया ४७ ग्रेन्ड मल) मा बसेको बैठकबाट समाजमा भैरहेको दुर्ववहार,छुवाछूत,समाज शोषण,बालश्रम,भ्रष्टाचार,महिला हिंसा र जातिबाद मुक्त समाज निर्माणमा सबैले एक्बद्धता जनाएको न्यूज ब्यूरोका कत्तार सहकर्मी मनोज पासवानले जनाए । 


मधेसी समाजमा कुविचार र दाइजोको जुन महामारी हैजा फैलिएको छ त्यो प्रदेश नम्बर २ बाट मुक्त हुनुपर्छ। समाजिक अपराधहरूप्रती प्रदेश २ का सरोकारबालालाई ध्यानाकर्षण गराउन चाहन्छौ। बैठकमा चर्चा गरिएको हो । 


दाइजो प्रथा समाजिक अपराध मात्र नभई कानुनी अपराध समेत भएको भन्दै मधेसी समुदायका परिवार र समाजले शिक्षा प्रति ध्यान दिनुपर्ने बताएका छन् । 


छोरा होस वा छोरी सम्मान अधिकार दिई देश विकासको लागि अग्रसर हुन आवश्यक रहेको जनाउँदै  कर्तव्यले अगाडी बढ्नुपर्नेप्रति जोड दिएका थिए । 

 

प्रदेश २ का मुख्यमन्त्रीले चलाएको बेटी बचाउ, बेटी पढाउ अभियानलाई सहयोग पुरयाउने उदेश्यका साथ उनीहरुले विदेशबाटै अभियानलाई सघाउने निर्णय गरेका हुन् ।

 

सँस्थाका अध्यक्ष ललित कुमार प्रेमरको अध्यक्षतामा बसेको उक्त बैठकबाट प्रदेश २ का दोहामा रहेका आम नागरिकको हौसलालाई बुलन्द पार्दै भने,  हामी र हाम्रो संस्थाको कार्यकर्ता ज्यूहरू पुर्ण रुपले कार्य गरि रहनुभएका छन। आतिनु पर्दैनन्। हामी लाई साथ दिनुस र हाम्रो अभियान लाई सफल पार्नुस।बिस्तारै सबै कार्य सफल हुन्छ।

 


संस्थाका केन्द्रिय प्रतिनिधि श्री शत्रुधन महतोले आफ्नो धारणा राख्दै आम नागरिकले सहयोग गर्नुपर्ने  बताए । समाजकै सेवाको लागि यो सँस्थाको स्थापना भएको जनाउँदै यस सँस्थाप्रति सबैले सहयोगको भावना राख्न आग्रह गरे । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७५ असार ३ आइतबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus