धनुषाधाम नगरपालिकालाई तलवको लागि शिक्षकहरुको ३ दिने अल्टिमेटम

२०७५ जेठ २२ मंगलबार
रति ९:०९ बजे
न्यूज ब्यूरो, डेस्क


विनय कुमार यादव |
धनुषा, २२ जेठ ।
विगत १ वर्षदेखि तलव भत्ता उलब्ध नगराएको भन्दै धनुषाधाम नगरपालिकालाई तलब उपलब्धको लागि ३ दिने अल्टिमेटम दिइएको छ । 

 

गत वर्षको श्रावणदेखि नै अहिलेसम्म धनुष जनता माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलव भत्ता उपलब्ध नगराएको भन्दै शिक्षकहरु आन्दोलित भएका छन् ।

तलव भत्ताको लागि पटक पटक ताकेता र माग गर्दा पनि कुनै प्रकारको निकासा नगरेको भन्दै बाध्यतावंश आन्दोलित भएको जनाइएको छ । 

 

विद्यालयमा कार्यरत अस्थायी, राह, निजीस्रोत, उच्च मावि तर्फको गत वर्षको मँसिर देखि नै तथा प्राविधिक तर्फको श्रावणदेखि नै तलब भत्ता निकासा नगरेको भन्दै तलवको लागि ३ दिने अल्टिमेट दिएको हो । 

 

३ दिन भित्र एक वर्षको तलव भत्ता निकासा नगरे कक्षा बहिष्कार गर्ने चेतावनी दिँदै चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी समेत ज्ञापन पत्र मार्फत दिइएको हो ।

 

स्थानीय निकाय कामय भएलगत्तै विद्यालयको पोखरी, बजार, मकर मेला सहित अन्य स्रोत साधनहरुको आफ्नो नियन्त्रणमा नगरपालिकाले लिएपनि शिक्षकहरुको तलव भत्ता निकासा एक वर्षदेखि नगर्नु दुर्भाग्य र दुःखद रहेको जनाइएको छ । 

 

तलव निकासाको लागि जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला शिक्षा समन्वय समिति, जिल्ला शिक्षक युनियन, जिप्रका धनुषा, पत्रकार महासँघ, ईलाका प्रहरी कार्यालय धनुषाधाम सहितलाई बोद्यार्थ गरि विद्यालयका प्राचार्य राजेन्द्र साहले ज्ञापन पत्रमा हस्ताक्षर गरेको छ । 

 

विद्यालयका शिक्षकहरु राम पुकार यादव, विन्देश्वर यादव, राम छविला यादव, ईन्द्रजीत यादव, नोवेन्द्र साह, अर्जुन प्रसाद सिँह लगायतका शिक्षकहरुको टोलीले ज्ञापन पत्र बुझाएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus