यातायात कार्यालय जनकपुरका कर्मचारीले सेवाग्राही कुटे, ३ वटा टाँका लगाइयो !

२०७५ जेठ ७ सोमबार
रति ९:२९ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
जनकपुरधाम, ७ जेठ ।
जनकपुर यातायात कार्यालयका कर्मचारीले एक सेवाग्राहीलाई निर्घात कुटपिट गरी घाईते बनाएको छ । 

घाईते हुनेमा महोत्तरी भंगहा नगरपालिका ४ बस्ने २२ वर्षका जग्दीश महतो रहेको प्रहरीले जनाएको छ |

 

यातायात कार्यालयका कर्मचारी नायब सुब्बा राकेश यादवले सेवाग्राही महतोलाई निर्घात कुटपिट गरी घाईते बनाएको हो । 

 

कुटपीटले महतोको अनुहारको गालामा तीन वटा टाँका लागेको छ भने पेट र पिठ्युमा गहिरो चोट लागेको घाईते महतोले बताए । महतोको उपचार जनकपुरमा भइरहको छ ।

आफ्नो भौचर साटिएको भन्दै कार्यालयको ८ नं। कोठको ढोका ढकढकाउँदा नासु यादवले हात, खुट्टा र मुक्काले निर्घात कुटपीट गरेकोको पीडित महतोको भनाई छ ।


"म मोटरर्साकलको लाईसेन्सको निवेदन दर्ता गराएर भौचर कटाउन विहान ७ बजेदेखि लाममा बसेको थिए । दिउँसो २ बजे मात्र भौचर बुझाउन ससफ भए । तर भित्रबाट कर्मचारीले अर्कै नामको भौचर दिएपछि तनावमा परे । र पुनः साटिएको भौचर लिन जाँदा भीडभाडको कारण लाममा कसैले छिर्न दिएन । त्यसपछि म कोठा नं. २ मा बस्ने कर्मचारीसंग गुनासो गर्न पुगे । त्यहाँका कर्मचारीले तपाईको भौचरमा मोवाईल नम्बर छैन । अव एउटै विकल्पछ अव अर्कै भौचर भर्नु पर्छ भनेपछि आफु भोक प्यासै कहाँ भौचर भर्न फेरी लाईनमा लग्न जाउँ भनेर तनावमा परे । त्यसपछि भौचर साटिएकै कोठा नं। ८ मा आफ्नो भौचर लिन बन्द कोठाको ढोका दुई तीन पटक ठकठकाए । भित्रबाट नासु राकेश यादव ढोका खोलेर निस्कि एकाएक निर्घात कुटपीट गर्न थाले ।
मलाई समातेर कुट्दै भित्र कोठामा थुनेर झनै कुट्न खोजे , म गुहार माग्दै बाहिर भाग्न खोजिरहेको थिए । कुट्ने कर्मचारी राकेश यादव आफु कराते म्यान हुँ भन्दै किक र फाँईटले मुख, पेट, पिठ्युमा जथाभावी बेस्सरी हान्न थाले । म विहानैदेखि भोको भएको कारण झनै निर्घात कुटपीटले बेहोस् भएँ । त्यसपछि मेरो एकजना साथी र प्रहरीले जनकपुर अञ्चल अस्पताल पुर्याए ।" 
महतोले भने । 


आफु ढोकामा जोडजोडले हानेको र ढोका भाँचेको कुरा झुटो भएको र ढोका भाँचेको आरोप लागाउँदै कर्मचारीले आफुलाई निर्घात कुटपीट गरेको सेवाग्राही महतोको भनाई छ । 


निर्घात कुटपीट गर्ने कर्मचारीलाई कार्वाही गर्न पीडीत महतोले प्रशासनसंग माग गरे ।


यता उक्त कोठामै काम गर्ने कर्मचारीहरुले नासु यादवको बचाउ गर्दै सेवाग्राही महतो गाली फजिती गर्दै आफैले ढोका तोडेपछि लडेको र मुखमा चोट लागेको दावी गरेका छन् ।


नासु आफैले एक थप्पड पनि नहिर्काएको कर्मीचारीहरुको दावी छ ।


तर कुटपीट गर्ने नायव सुब्बा राकेश यादवले आफुले ढोका भाँचेको र गालीगलौज गरेको आवेश महतोलाई एक दुई थप्पड हिड्काएको स्वीकार गरे ।


आवेशमा आएर हात छोड्नु आफ्नो गल्ती भएको नासु यादवको स्वीकारोक्ति छ ।


कर्मचारीहरुले भने अनुसार ढोकामा कुनै क्षति देखिँदैन । ढोका तलको एउटा चुकु ढोकामा छैन माथिको चुकु छँदै छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७५ जेठ ७ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus