प्रदेश २ लाई १०० करोड, यसरी बिते जनकपुरमा मोदीका ४ घन्टा

२०७५ बैशाख २८ शुक्रबार
रति ८:३८ बजे
न्यूज ब्यूरो, डेस्क

 

 

बिनय यादव |

 जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । उनी भारतको नयाँ दिल्लीबाट सिधै जनकपुर आएका थिए । जनकपुरमा करिब ४ घन्टा बिताएका मोदीले जानकी मन्दिरमा विशेष पुजा गरेका छन् । नागरिक अभिनन्दनमा सहभागि भएर सम्बोधन गरे ।

 

जनकपुर विमानस्थलमा अवतरण भएपछि उनको स्वागतका लागि रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमनत्री लालबाबु राउतले स्वागत गरे । पटनाबाट हेलिकोप्टरमा आउने यसअघि तय भए पनि मोदी दिल्लीबाट सोझ एटीआर ७२-६०० कलसाइन भएको विमान चढेर जनकपुर पुगे ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा प्रदेश २ को राजधानी जनकपुर निकै तातिएको थियो । सर्वसाधारण बिहानै देखि मोदीको प्रतिक्षामा थिए । मोदीलाई भेट्न टाढा-टाढाबाट सर्वसाधारणको बाह्रबिघा र जनकपुरमा उल्लेखनिय उपस्थिति थियो ।

 

मोदी जनकपुर आइपुग्नु अगावै भीड साम्य पार्न प्रहरीलाई हम्मेहम्मे नै पर्यो । भीड अशान्त भएपछि प्रहरीले लाठीचार्ज नै गर्यो । मोदी सवा दश बजे जनकपुर आइपुग्ने तय थियो । तर, उनी पौने एघारमामात्र जनकपुर अवतरण गरे । रक्षामन्त्री पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत विमानस्थलमा नै पुगे ।

 

विमानस्थलबाट सोझै जानकी मन्दिर पुगे मोदी । विशेष सुरक्षाको घेरामा थियो जानकी मन्दिर । मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी ओली पनि जनकपुर पुगे । प्रधानमन्त्री ओलीको जनकपुरको उपस्थिति पनि फरक शैलीमा थियो । प्रायः सबै समारोहमा राष्ट्रिय पोशाकमा देखिने ओली कुर्ता, सुरुवाल र गम्छामा देखिए । ओली र मोदीको गेटअप झन्डै उस्तै उस्तै थियो । जानकी मन्दिरमा ओली र मोदीले संयुक्त रुपमा विशेष पुजा गरे । जानकी मन्दिरमा उक्त पुजा विशिष्ट पाहुनाहरुको लागि मात्र गरिन्छ ।

 

जानकी मन्दिरको प्राङ्गणबाट मोदी र ओलीले सम्बोधन गरे । मोदीको ओलीलाई पहिलो सम्बोधन थियो-मेरे भाइसाब ।

 

लगत्तै त्यहाँ रामायण सर्किटको उद्घाटन भयो । जनकपुर देखि अयोध्या चल्ने बसको पनि उद्घाटन भयो । त्यसपछि त्यहाँबाट मोदी र ओली बाह्रविघामा पुगे । त्यहाँ उपमहानगरपालिकाले मोदीको नागरिक अभिनन्दनको कार्यक्रम राखेको थियो ।

 

जनकपुरको ३० डिग्री सेल्सियस तापक्रममा मोदीले चर्कै प्रतिबद्धताका साथ भाषण गरे । उनले प्रदेश २ लाई सय करोड सहयोग गर्ने घोषणा गरे । कार्यक्रममा रक्षामन्त्री इश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, जनकपुर उप-महानगरपालिकाका मेयर लाल किशोर साहलगायतले सम्बोधन गरेका थिए ।

 

मोदीलाई त्यहाँ नै १२१ किलोको तीनवटा मालाले अभिनन्दन गरियो । विरगञ्ज उद्योग वाणिज्य संघ, जनकपुर उद्योग वाणिज्य संघ र प्रदेश २ को छुट्टाछुट्टै सम्मानले केहीबेर अझै माहोल ततायो ।

 

मोदीले भाषणको सुरुवातमा तीन पटक जय सियाराम पुकारे । त्यहाँ उनले ४५ मिनेट लामो भाषण गरे । भाषण सकिएपछि उनी विशेष विमानमा काठमाडौंका लागि प्रस्थान गर्नुभयो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७५ बैशाख २८ शुक्रबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus