दुई विशाल किंगकोबरालाई धनुषा र उदयपुरबाट उद्धार 

२०७५ बैशाख १२ बुधबार
दिउसो ४:४५ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो ||
जनकपुरधाम, १२ बैशाख ।
धनुषा र उदयपुर जिल्लाको दुई स्थानबाट दुईवटा राजगोमन (किँग कोबरा) को उद्धार गरिएको छ । 

 

बुधबार मिथिला वाईल्डलाईफ ट्रष्टले धनुषा जिल्लाको मिथिला नगरपालिका र उदयपुर जिल्लाको बेलसोत बाट लगभग १० फिट ४ ईण्च र १२ फिट ५ ईण्चको दुई ओटा राजगोमन (किँग कोबरा) सर्पको उद्धार गरेको हो ।

 

मँगलबार जिल्ला वन कार्यालय धनुषा मार्फत खबर भई धनुषा जिल्लाको मिथिला नगरपालिका–११ को बाहुनमारा टोल बाट अपरान्ह करिब ४ः०० बजे तिर १० फिट ४ ईण्च लम्बाई र ५किलो तौल भएको एउटा राजगोमन सर्पलाई उद्धार गरिएको ट्रस्टका अध्यक्ष (Snake Man) देवनारायण मण्डलले जनाए  ।


केही दिन देखि मानव वसोवास क्षेत्रमै आएर वसिरहेकोले सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष नवराज कार्कीले जिल्ला वन अधिकृत अशोक झा र रेन्जर रेमेश दुलाललाई ती सर्पको उद्धारका लागि पहल गरिदिन आग्रह गरेपछि तुरुन्तै एक्सनमा आएका ट्रस्टका टोलीले किँग कोबरालाई उद्धार गरेको हो । 


उक्त सर्प उद्धार भईसके पछि हामीले स्थानिय समुदायलाई भेला गराई यस सर्प लगायत अन्य सर्पहरुको वातावरणीय महत्व र मानव र सर्पको सह–अस्तित्वको बारेमा जनचेतना फैलाएका थियौँ । यस सर्पलाई उद्धार गरेर ल्याई सके पछि बेलुका त्यस नजिकै अर्को सर्प पनि देखिएको थियो । सर्पको तस्विरले त्यो अर्को सर्प पनि राजगोमन नै रहेको पुष्टि हुन्छ ।

 

जनचेतनाको क्रममा हामीले सर्प धपाउने तरिकाहरु पनि व्याख्या गरेकोले समुदायले अर्को सर्पलाई त्यहाँबाट धपाईदिएका थिए । ट्रस्टले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

 


त्यस्तै मँगलबार राती  करिब ९ः१५ बजेको समयमा उदयपुर जिल्लाको बेलसोतमा रहेका नेपाली सेनाको बैरेकबाट समेत १२ फिट ५ ईण्च लम्बाई र ७ किलो तौल भएका अर्को सर्पको उद्धार गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

बिगत १० दिन देखि सेनाको बैरेकमा देखिन थालेको उक्त सर्पलाई ट्रस्टका अध्यक्ष देव नारायण मण्डलले यस अघि पनि त्यहीँ गएर देखेको र बैरेकमा बस्ने सेनाका जवानहरुलाई सर्पलाई त्यहीँ बस्न दिन आग्रह गरेर सर्पबाट हुने फाईदाहरु बारे बर्णन गरेर छोडिदिएका थिएँ । 


तर यसपाली राजगोमन सर्प शौचालय भित्रै गएर बसिसकेकोले सह–सेनानी राम प्रताप गरेरीले ती किंगकोबरालाई समातेर अर्को ठाऊँमा छोडिदिन आग्रह गरेका थिए । 

 

सर्प उद्धार गरिसकेपछि मण्डलको टोलीले जनचेतनामूलक कार्यक्रम मार्फत सर्प–दंशबाट बाँच्नुका साथै प्राथमिक उपचारका बारेमा समेत प्रकाश पारेका थिए ।

 

वैज्ञानिक नाम Ophiophagus hannah भएको यस राजगोमन सर्पको मुख्य आहार सर्पहरु मात्रै रहेको भए तापनि यस सर्पले वनमा कहिले काहीँ सुनगोहोरो, मूसा र साना चराचुरुङ्गीहरु पनि खाने गरेको प्रमाणहरु भेटिन्छन् ।

 

यसले वरिपरिका बिषालु सर्पहरु खाई दिनाले यस सर्पको बसोवास क्षेत्रमा सर्प–दंशबाट हुने मानविय क्षतिको संख्या कम हुन्छ ।  प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 

तिनवटै सर्पलाई मारिनबाट जोगाउन सघाएका जिल्ला वन कार्यालय धनुषा, सेक्टर वन कार्यालय पुष्पवलपुर, ईलाका वन कार्यालय धनुषाधाम, बाहुनमारा टोल निवासी र वेलसोतको आर्मी बैरेकमा बस्ने सम्पूर्ण सेनानीहरुलाई विशेष धन्यावद समेत अध्यक्ष मण्डलद्धारा जारी गरिएको विज्ञप्ति मार्फत गरिएका हुन् ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

  • २०७५ बैशाख १२ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुई साता अघि मात्र पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार

पूरा पढ्नुहोस्

Bureau Menus