जनकपुरका 'तुलसी भगत' जसले विश्वव्यापी सम्मानबाट मधेश र देशको शान बढाए

६ वर्षको दौरानमा भगतले मैथिली विकिपिडायामा धेरै योगदान पुर्‍याएका छन्। अहिले संसारभरबाट मैथिली भाषाको विकिडियामा विभिन्न विषयमा लेख लेख्ने ९ हजार बढी सदस्य छन्। 

२०७७ माघ २३ शुक्रबार
बिहान ०९:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरका एक युवकले विश्वकोष विकिपिडिया सम्पादनको क्षेत्रमा विश्वव्यापी सम्मान पाएका छन् । 

जनकपुरधाम उपमहानरपालिका वडा नं. १६ कपिलेश्वर बस्ने शत्रुधन भगका २१ बर्षिय छोरा तुलसी भगतले मैथिली भाषा जगेर्ना र विकासको लागि विश्व शब्दकोष विकिपिडिया सम्पादनको क्षेत्रमा महत्वपूर्ण योग्दान दिएको भन्दै सम्मान गरिएको हो । 

विगत ६ बर्षदेखि विकिपिडियामा मैथिली भाषालाई प्राथमिकतामा राखेर अन्य विभिन्न भाषामा सम्पादन गर्दै आएका तुलसी भगतलाई मैथिली भाषाको विकिपिडिया निर्माणमा महत्वपूर्ण योग्दान पुरयाएको भन्दै विकिपिडियाले उनलाई टप–१८ मा फिचर्ड गरी सम्मान दिएको हो । 

२० वर्ष पहिला अमिरिकी उद्यमी जिम्मी वेल्सले स्थापना गरेको विकिपिडियाले आफ्नो २० औं वार्षिकोत्सव मनाउँदा नेपालबाट तुलसी भगतलाई सम्मान गरेको हो । जनवरी १५ मा विकिपिडियाले आफ्नो २० औं जन्मोत्सवका दिन संस्थाले विश्वभरबाट विकिपिडियालाई महत्त्वपूर्ण योगदान पुर्‍याउने १८ जनालाई ‘फिचर्ड’ गरेकोमा तुलसी भगत पनि नेपालबाट छनौट भए । 

विभिन्न भाषामा रहेको विकिपिडियालाई नेपालमा दोस्रो सबैभन्दा बढी बोलिने मैथिली भाषाको विकिपिडिया बनाउन सफल भएका हुन् । मैथिली भाषाको यस विकिपिडियामा हालसम्म ३ हजारभन्दा ज्यादा आलेख राखिएका छन्। जसमध्ये ५०० भन्दा धेरै लेख तुलसी भगत एक्लैले लेखेका हुन्। साथै, उनले मैथिली विकिपिडियामा करिब ९० हजार शब्द सम्पादन गरेका छन्। 

परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनी सप्तरी राजविराजस्थित मामाघरमा बसेर एसएलसीसम्म पढेका तुलसीले मामा घरमा दाइहरुले कम्प्युटर चलाउँदा प्रभावित भएको बताए । उनले न्यूज ब्यूरोसँग कुराकानी गर्दै बाल्यकालदेखि नै कम्प्यूटरप्रतिको जागरुकता र कौतुहुल्ताले विश्वव्यापी सबैभन्दा बढी पढिने विकिपिडियाको सम्मान पाएको हर्ष व्यक्त गरे । 

कक्षा ९ मा पढ्दा नै गुगल र विकिपिडियाको बारेमा सुनेको मात्र बताउँदै केहीदिनपछि उनले मैथिली भाषाकै सिँगो विकिपिडिया बनाइदिए । विकिपिडियासँग जस्तोसुकै उत्तर रहेको बताउँदै उनले खासमा मैथिली भाषा लोप हुँदै गएको अवस्थामा सिँगो विकिपिडिया नै मैथिली भाषाको बनाएपछि गौरवान्ति महसुस गरे । 

“कम्प्युटरसँगै उनको दिमागमा गुगल र विकिपिडिया सम्बन्धी प्रश्नहरुले पनि आतंक मच्याउन थाले । अनुसन्धानकै क्रममा थाहा पाए– नेपाली भाषाको विकिपिडिया पनि रहेछ। त्यसपछि उनले आफ्नो मातृभाषा मैथिली भाषाको विकिपिडियाबारे खोजे।”– उनले भने । 

उनलाई मैथिली भाषाको विकिपिडिया बनाउने सोच आयो। उनले यसबारे साथी र दाइहरुसँग कुरा गरे। उनीहरुले यो काम यथाशक्य चाँडो गर्नुपर्ने पर्ने सल्लाह दिएपछि भगत र उनका टिमले अन्तत मैथिली विकिपिडिया बनाएर विश्वव्यापी सम्मान पाउन सफल भएका हुन् । 

सन् २००८ मा कसैले मैथिली भाषाको विकिपिडिया खोल्नका लागि काम गरेको भएपनि काम नभएको अवस्थामा लामो समयको अनुसन्धान र योजनापछि अन्ततः उनको योजना फेब्रुअरी २१ सन् २०१४ अर्थात् विश्व मातृभाषा दिवसका दिन साकार भयो। विश्व मातृभाषा दिवसको अवसरमा समूहका सम्पूर्ण सदस्यहरु राजविराजको एउटा कम्प्युटरमा क्याफेमा जम्मा भएर मैथिली विकिपिडियालाई मूर्तरुप दिन सफल भएका थिए । 

६ वर्षको दौरानमा भगतले मैथिली विकिपिडायामा धेरै योगदान पुर्‍याएका छन्। अहिले संसारभरबाट मैथिली भाषाको विकिडियामा विभिन्न विषयमा लेख लेख्ने ९ हजार बढी सदस्य छन्। 

भगत महिला अधिकार र मिथिला संस्कृतिबारे लेख लेख्छन्। त्यसमा पनि नेपाली मिथिला संस्कृतिलाई महत्व दिएर लेख्छन्। यसका अलावा सामाजिक अभियन्ता पनि हुन् । 

उनी ‘ओपन नलेज फर अल’ नामक गैरनाफामूलक संस्थासँग आबद्ध छन्। यो संस्था केही वर्षअघि भगतकै सक्रियतामा सुरु भएको हो। जतिबेला उनी राजविराजमै थिए। उनको संस्थाले जनकपुर र सप्तरीका सरकारी विद्यालयमा विभिन्न काम गरिरहेको छ।

तुलसी भगतलाई गत १५ जनवरीमा विश्वको टप १८ फिचर्डमा राखिएपछि विभिन्न ठाउँमा बधाईको ओइरो लाग्यो । जनकपुरका तुलसी भगतले सानै र कलिलो उमेरमा जनकपुर र देशलाई चिनाउन सफल भएपछि उनलाई देशैभरिबाट समाजिक सँजाल, फोन कल, मेसेज मार्फत बधाईको ओइरो लागेको हो । 

  • 67%
  • 2%
  • 3%
  • 2%
  • 0%
  • 0%

बलिवुड हिरोइन ज्याक्लीन फर्नान्डिज एयरपोर्टबाटै पक्राउ 

  • २०७७ माघ २३ शुक्रबार

एजेन्सी । शोको लागि दुबइ जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पक्राउ परेकी छिन् । ज्याकलिनविरुद्ध प्रवर्तत निर्देशनालय (इडी) ले लुकआउट नोटिस जारी गरेपछि उनलाई पक्राउ गरिएको थियो ।  यद्यपि उनलाई विदेश

पूरा पढ्नुहोस्

Bureau Menus