विश्व कोरोना भाइरसको त्रासमा छ त्यसबाट नेपाल पनि अछुतो रहेन कोभिड संक्रमण रोकथाम गर्न नेपाल सरकारले चैत्त ११ गतेदेखि लकडाउन लगाएको छ । नागरिकहरु घरकै थुनिएको अवस्था छ दैनिकी ज्यालादारी गरेर खाने विपन्न वर्ग बढी मर्कामा परेको उनीहरुलाई राहतको आवश्यकता छ गाँउबाट सहर पसेका नागरिक यातायत नपाएर शहरमै फसेका छन उनीहरुले घर पुगाइ दिन सरकार सँग गुहार मागिरहेका छन । तर सरकारले राहत तथा उद्धारमा जून सक्रियता देखाउनु पर्ने थियो त्यो देखाएन त्यसको निष्कृयता बारे प्रधानमन्त्रीको आलोचना पार्टी भित्र र बाहिरबाट आलोचना भयो प्रधानमन्त्रीले कुर्सीमानै संकट देखे र त्यसबाट तर्सिएर रातारात ल्याइयो पार्टी फुटाउने आध्यादेश यसै वियषमा जनता समाजबदी पार्टीका संघीय परिषद सदस्य नविन यादव सँग न्यूज ब्यूरो सहकर्मी अभिनय मिश्रले गरेको कुराकानीको अंश :
# मुलुक कोभिड–१९ सगँ लडिरहेकोवेला प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल फुटाउने र संवैधानिक आयोगमा नियुतिm सम्बन्धी आध्यादेश ल्याउदा आम नागरिकबाट आलोचना भएपछि फिर्ता लिइयो यसलाई तपाई कसरी लिनुभएको छ ?
यो केपी ओली नेतृत्वको सरकार जनता प्रति उत्तरदायी छैन मुलुक कोरोना भाइरसको संकटमा फसेको वेला आध्यादेश ल्याएर प्रष्ट गरेको छ । सरकारलाई जनताको स्वास्थको चिन्ता छैन चिन्ता छ त केवल कुर्सीको उनी कुुर्सी जोगाउन नेपाली जनतालाई बन्धक बनाउन खोजेको हो उनीमाथि आफ्नै पार्टीबाट खतरा मडराइ रहेको छ त्यस खतराबाट तर्सिएर ल्याएको आध्यादेश थियो ।
तर नेपाली जनता लोकतान्त्रिक व्यवस्थालाई स्विकार गरेको हुन् ओली तन्त्रको होइन भन्ने आध्यादेश फिर्ता गर्न बाध्य बनाएर नेपाली जनताले संन्देश दिएको हो । र यो आज मात्रै होइन यो भन्दा पहिले पनि गुठी विधेयक,प्रेस सगँ सम्बन्धीत विधेयक फिर्ता गराएर सचेत गराएकै हो तर पनि ओली आफ्नो हर्कतबाट सुध्रिएको होइन जनता यसको हिसाबकिताब आउने दिनमा अवश्य लिनेछ ।
अहिलेको अवस्थामा सत्ता भन्दा जनताको स्वास्थ प्यारा हुनुर्पथ्यो प्रधानमन्त्री सत्ताको खेलमा लागेको छ यो नै जनताको दुर्भाग्य हो । यस्तो संकटकोबेला देशमा के सत्तापक्ष के प्रतिपक्ष सबै दल सरकारलाई संघाउदै आएको छ यतिको अनुकुल परस्थितिमा सरकारले काम गर्न सकिरहेको छैन । सरकारले गत चैत्त ११ गते देखि लकडाउन लगाएको नागरिकहरु आफ्नै घरमा बन्दी भएका छन् ।
रोजगार गुमाएका छन दैनिकी ज्यालादारी गरी खान्ने विपन्न वर्ग भोकभाकै बस्न बाध्य भएका छन् गाउँबाट सहर गएका नागरिकहरु सहरमा फसेका छन् उनीहरुलाई राहत तथा उद्धारको आवश्यकता हो । तर सरकारको ध्यान त्यहा गएको छैन ।
सरकार अहिले कोरोना संक्रमितको संख्या सुनाउने र लकडाउनको अवधि बढाउने बाहेक के गरेको छ ? छिमेकी मुलुक चीनमा कोरोना यत्रो वितण्डना मचाइरहेको थियो त्यसबाट प्रधानमन्त्रीले सिख्नु पथ्र्यो पुर्वतयारी गर्नुपथ्र्यो । मुलुको आवश्यकता अनुसार काम नगर्ने वेमौसमी बजाबजाउन बढी रुचाउछन् प्रधानमन्त्री ।
#प्रधानमन्त्रीले आध्यादेश समाजबादी पार्टी फुटाउनको लागि ल्याएको थियो त्यसबाट डराएर समाजबादी र राजपाले रातारात एकता गरियो नि ?
हाम्रो पार्टी रातारात एकता भएकै होइन यसको लागि धेरै पहिले देखिनै गृह कार्य भैरहेको थियो तर प्रधानमन्त्रीले आध्यादेश ल्याएर जून पार्टी फुटाउने घृणित जाल बुन्ने त्यस जालबाट जोगिनको लागि वेलैमा सचेत भएको हो र समाजबादी पार्टी फुटाउन खोज्ने प्रधानमन्त्रीको गालामा जोडदार झापड लगाएको हो । हामीलाई फुटाउन खोज्नेहरुको मुख बन्द गरदिएको हो । यो एकता कसै सँग डराएर गरेको होइन यो मधेशी जनताको इच्छा आंकान्क्षा अनुसार भएको हो । भन्नुस् त देशका प्रधानमन्त्रीले एउटा कुनै दललाई लक्षित गरेर कानुन बनाउन खोज्छन् यो भन्दा संकृण मानसिकता बोकेका व्यक्ति प्रधानमन्त्री हो । विगतमा राजनितीक अस्थिरता भयो ससना राजनीतिक दलमा सासंद किनवेच भयो त्यस्तै अस्थिरता खतम गर्नका लागि थ्रेसहोल्डको व्यवस्था गरिएको छ राजनीतिक दल विभाजन गर्नको लागि केन्द्रिय सदस्य र संसदीय दलमा ४० प्रतिशत सदस्य हुनुपर्ने प्रवधान राखिएको छ । त्यलाई संसोधन गरेर प्रधानमन्त्रीले मुलुकलाई अस्थिरताको खाल्डोमा धकेल्न खोजेको होइन ? नेकापालाई जनताले ५ वर्षको लागि म्याण्डेट दिएको छ तैपनि केपी ओलीले दल फुटाउने जुटाउने खेल खेलिरहनु भएको छ । र त्यसलाई भरपुर साथ दिइएरहेका छन राष्ट्रपत्ति बिद्या भण्डारी एउटा असल अज्ञाकारी छात्रा बनेको छ राष्टपत्ति भनेको संविधानको रकक्षक हो मन्त्रीपरिषद द्धारा पठाइएको विधेयकलाई अध्यन गर्न केही समय लगाएर त्यस्तो विधेयक सम्बन्धीत विज्ञहरु सँग छलफल गरिनुपर्छ त्यसपछि पास वा फेल गरिन् सक्छ त्यो त राष्ट्रपत्तिको अधिकारको कुरा हो नि र विगतमा यस्ता गरेको पनि हुन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सदस्यको सिफारीस गर्दा महिनौं अडकाएर राखेका थिए जब केपी शर्मा ओली प्रधानमन्त्री भए तब मात्रै केपी ओलीले सिफारिस गरेको सदस्यलाई सदर गरेका थिए ।
# समाजबादीमा पार्टीमा पनि एउटा असन्तुष्ट समुह छन् उनीहरुनै पार्टी फुटाउन चाहेको थियो त ?
पार्टी भनेको एउटा परिवार हो त्यसमा सबै जातजाती भाषाभाषी धर्मसंस्कृतिका सदस्यहरु हुन्छन् परिवारमा एउटा अभिभावक हुन्छ अभिभावक सँग कुनै सदस्य कहिले सन्तुष्ट हुन्छ त कहिले असन्तुष्ट त्यो समान्य कुरा हो । तर डाक्टर माननीय सुरेन्द्र यादव अपहरण मुक्त भएपछि उहाँको मार्फत जून कुरा बाहिर निस्कियो त्यो वास्तवमा मधेशी जनताले दिएको म्याण्डेट विपरीतको गतिविधी हो यसमा शिर्ष नेतृत्व वर्गमा छलफल हुन जरुरी छ ।
# समाजबादी पार्टी भित्रैबाट के आरोप छ भने डाक्टर सुरेन्द्र यादव पार्टी फुटाउनमा संलग्न थिए जसको नेतृत्व पार्टीका प्रमुख सचेतक उमा शंकर अरगरिया गर्दै थिए तपाईलाई के लाग्छ ?
यो बाहिर र भित्रबाट पार्टी फुटाउने खेल खेल्ने खेलाडीहरुले डाक्टर सुरेन्द्र यादवमाथि लगाएको आरोप मात्रै हो यसमा सत्यता छैन बरु माननीय सुरेन्द्र यादवले पार्टी फुटन् बाट जोगाएको हो । उहाले पार्टी फुटाउन चाहेको भए उनलाई अपहरण गर्न आएकोबेला घरैबाट पार्टीको नेतृत्वपंक्तिलाई जानकारी यो विषयमा गराउदैन थिए । तर पार्टी फुटाउने योजना बनेकै थिए जसको मुख्य भुमिका पार्टीका प्रमुख सचेतक उमा शंकर अरगरियाले गरेको थियो त्यसमा सुरेन्द्र यादवको असहयोगका कारण सफल हुन सकेन ।
# बाहिर सार्वजानिक भएका अनुसार पार्टीको प्रमुख सचेतक रहेका बेला उमा शंकर अरगरियाले नै पार्टी फुटाउन लागेका थिए तपाईलाई के लाग्छ ?
उमा शंकर अरगरियाको चरित्र नै अवसरबादी हो , उहाँ सदैव अवसरको खोजीमा हुन्छ । विगतमा पनि विजय गच्छदार सँग मिलेर पार्टी फुटाएको हो त्यही गलती फेरी दोहो्याएको हो अहिले उसको अवसरवादी चरित्र उदाङ्गो भएको छ । यसलाई पार्टीले गम्भीर रुपमा लिनुपर्छ अरगरियालाई प्रमुख सचेतक बाट हटाउनु पर्छ ।
उसले पदीय मर्यादालाई खिल्ली उडाएको छ । समाजवादी पार्टीबाट पाएको टिकट र जनताबाट पाएका म्याण्डेटको अपमान गरेको छ । उसले विगतमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट छुटिएर विजय गच्छदार सँग फोरम लोकतान्त्रिकबाट दोस्रो संविधान सभाको चुनाव लडेका थिए हालत के भयो ?
जमानत पनि जोगाउन सकेका थिएन यसबाट प्रष्ट हुन्छ उसको व्यक्तिगत छवि छैन आज उहा जे छ त्यो तत्कालीन संघीय समाजवादीको देन हो । उनलाई जनताले यत्रो ठुलो मत दिएका छ के त्यो पार्टी फुटाएर मन्त्री बन दिएको हो ? केपी ओलीको मतियार बनको लागि दिएको हो ? पक्कै पनि जनताले यस्ता घृणित कार्य गर्नको दिएको होईन । त्यसैले अरगरियाले आफ्नो चरित्र सुधार्नु पर्छ सुध्रिएन भन्ने पार्टीले कारबाही गर्नुपर्छ ।
# अस्ति जनता समाजबादी पार्टीका दर्जनौं नेताहरु डाक्टर सुरेन्द्र यादवलाई अपहरण गर्नेहरु विरुद्ध किटानी जाहेरी दिन जादाँ प्रहरीले लिन मानेन जसपा पार्टी अव के गर्छ ?
प्रधानमन्त्रीको दबाबमा प्रहरीले मुद्दा दर्ता नगरेको हो किनभने अपहरणकारीहरु ओलीको विश्वास पात्र हुन । महोत्तरीमा भएको घटनाको निवेदन दर्ता काठमाण्डौंमा गर्न नहुने फिर्ता पठाइएको हो सांसद अपहरण गर्ने अपहरणकारी सत्ताकै नजिक भएकाले प्रहरीले निवेदन दर्ता गर्न अनाकानी गरेको हो ।
तर तीनको अनाकानी बहाना धेरै चल्दैन निवेदन दर्ता गरिनुपर्छ त्यसको बारेमा छानविन सुरु गर्नुपछ । यो लकडाउन नभएको ओली तन्त्रको विरुद्धमा हामी सडकमा उत्रिसकेका हुन्थ्यो र मुद्दा दर्ता गराइसकेको हुन्थ्यो । महोत्तरीमा भएको घटनाको निवेदन काठमाण्डौंमा नलिने भनेर हुन्छ ?
विगतमा सुनसरीका सिद्धीबाबा र चितवनमा भएको घटना बारे रवि लमिछाने विरुद्धमा काठमाण्डौंमा मुद्दा दर्ता भएकै हो नि । प्रहरीले प्रधानमन्त्रीको दबाबमा कानुनको गलत व्यख्या गर्न खोजिएको हो । प्रहरी जाहेरी लिन नमानेपछि हाम्रो पार्टीका नेताहरु सरकारी वकील कार्यलयमा जाहेरी दिन गएका थिए तर त्यहा पनि जाहेरी लिएन । अव अन्तिम विकल्प हो जनताको अदालत यसको निर्णय जनताले गर्छ ।
# कम्युनिष्ट शासन तनाशाही हुन्छ स्वेच्छाचारी हुन्छ एकदलीय तन्त्र हुन्छ के नेपालमा पनि केपी शर्मा ओली त्यस्तै शासन ल्याउन खोजिएको हो ?
केपी शर्मा आलीले अभ्यास उस्तै गरेको हो नत्र दिनदहाडै महोत्तरीबाट प्रधानमन्त्रीकै निर्देशनमा सासद अपहरण हुन्छ र त्यस अपहरण विरुद्ध किटानी जाहेरी गर्दा प्रहरीले दर्ता नगर्नु यसलाई के बुझने ? केपी ओली लोकतन्त्रिक पद्धतिबाट निर्वाचित भएर लोकतन्त्रकै विरुद्धमा लागि परेको छ ।
जस्तै जंगबहादुर राणाले धरहारबाट हाम फालेको रटान लगाएर मुलुकलाई १०४ वर्ष बन्धक बनाइयो त्यस्तै ओलीले लोकतन्त्रको लागि १४ वर्ष जेल बसेको भन्दै मुलुकलाई बन्धक बनाउन खोजेको हो । तर केपी ओलीको सपना पूरा हुदैन लोकतन्त्र नेपाली जनताले धेरै बलीदानी दिएर ल्याएको हो ।
नेपालमा कम्युनिष्टको सत्ता मात्रै आएको हो कम्युनिष्ट शासन होइन त्यसको हेक्का केपी ओलीले राख्नुपर्छ । नेपाली जनता राणा फालेका हुन,पंञ्चायत फालेका हुन,राजा फालेका हुन् । आजको युगमा नेपाली जनता आलीको दासत्व कसरी स्विकार गर्छ ?
# राष्ट्रपत्ति विद्या भण्डारीले प्रधानमन्त्रीले गरेको सिफारीसमा छलफलनै गरी प्रमाणित गरिन्छ त्यसैले राष्ट्रपत्ति मुलुकको नभई पार्टीको भयो भनेर आलोचित भएको छ तपाईलाई के लाग्छ ?
हो राष्ट्रपत्तिको भुमिका बारे प्रश्न उठेको छ राष्ट्रपत्ति भनेको संविधानको रक्षक हो उहाँले सदर गर्ने हरेक विधेयक त्यसमा संविधानको मर्म र मुलुकको आवश्यकता देख्नुपर्छ तर राष्ट्रपत्तिको पछिलो हेर्दा लाग्छ उहाँ राष्ट्रको हित भन्दा कुनै व्यक्तिको बढी ख्याल गर्नुहुन्छ ।
ओलीले हतारहतारमा ल्याएको आध्यादेशको मसी नसुख्दै उहाँले पास गर दिए अन्तत चौतर्फी आलोचना भएपछि फिर्ता गरियो । त्यसलाई राष्ट्रपत्ति केहीदिन अध्यनको लागि मात्रै राखिदिएको भए नागरिक भवना बुझन सकिन्थ्यो । आलोचित हुनबाट जोगिन थियो । राष्ट्रपत्ति मर्यादाको ख्याल नगरी राजनितिक गतिविधीमा लागेको छ ।
पार्टी बिचको झगडा नेकापाको दुबै अध्यक्षलाई सितलनिवास बौलाउछ । मिटिङ्ग गर्छ भने आलोचित हुनु स्वाभाविक हो ।
# अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
अहिले कोरानाकोे त्रास छ सबै राजनितीक दल मिलेर कोरोनालाई हराउनु छ यतिबेला राजनिती गर्ने होइन मानव सभ्यता माथि आएको खतरा सँग लडनु छ । नागरिक सँग अपिल गर्ने चाहन्छु घरमै बसौं सुरक्षित रहौं ।
प्रदेशलाई साक्षर बनाउन विश्वविद्यालयका स्वयँसेवी विद्यार्थी परिचालन गरिनेः मुख्यमन्त्री सिँह
- २०७७ बैशाख १७ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशमा साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशमा शिक्षाको वञ्चितिकरण र निरक्षरताको सँख्या गम्भीर समस्या बनेकाले गरीबी
पूरा पढ्नुहोस्