मधेश प्रदेशको मन्त्रीमण्डलमा मन्त्री कुशवाहाको 'ह्याट्रिक'

२०८२ पौष १७ बिहीबार
बिहान ०९:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको सरकारमा मन्त्री ई. बसन्त कुमार कुशवाहाले मन्त्रीमण्डलमा ह्याट्रीक गरेका छन्। प्रदेश सरकार गठन भएदेखि मन्त्री कुशवाहा तेस्रो पटक मन्त्री बन्न सफल भएका छन् । 

उनी तेस्रो पटक मधेश प्रदेश सरकारको मन्त्रीमण्डलमा मन्त्रीका रूपमा समेटिँदै ‘ह्याट्रिक’ पूरा गर्न सफल भएका छन्। विभिन्न सरकारका विभिन्न कार्यकालमा मन्त्री बन्न सफल कुशवाहा मधेश प्रदेशका अनुभवी र भिजनरी नेताका रूपमा चिनिँदै आएका छन्।

वि.सं. २०७९ साल माघ १२ गतेमा प्रथम पटक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका ई. कुशवाहाले मधेशमा मलखाद्य समस्या समाधान गरेका थिए । उनले कृषि मन्त्री हुँदा किसानको मलखाद्यको रेकर्ड, किसान कार्ड, मलखाद्य वितरण गर्ने सहकारीको रेकर्ड, रसायनिक मलको सहज पहुँच र किसानको मल चोरी गर्ने विक्रेतलाई ब्लैकलिस्ट जस्ता निर्णय गरी चर्चामा आएका थिए । सरकार अस्थिर भएपछि कुशवाहा ३ महिना २७ दिन मन्त्री बसेका थिए । 

पुनः जनमत नेतृत्वको सरकार बनेपछि गत वि.सं. २०८२ जेठ ९ गते उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री भए । ३ महिना १२ दिने कार्यकालमा उनले मधेशमा १० हजार रोजगराी सृजना हुने गरी उद्योग स्थापनाको लागि बजेट विनियोजन गरेका थिए । जेनजी आन्दोलनपछि उनी राजीनामा दिए । 

बुधबार पुनः उनी तेस्रो पटक नेपाली काँग्रेस नेतृत्वको सरकारमा खेलकुद तथा समाज कल्याण मन्त्री बन्न सफल भएका हुन् । उनले प्रदेश सरकारको दोस्रो कार्यकालमा तेस्रो पटक मन्त्री बनेर मन्त्रीमण्डलमा ह्याट्रिक गरेका हुन् । 

खेलकूद मन्त्रालयमा नियुक्त भएपछि मन्त्री कुशवाहाले जनकपुरधामस्थित निर्माणधिन रहेको रामजानकी बहुउदेश्यीय रँगशाल निर्माण प्राथमिकतामा राखको बताए । उनले आउँदो २०८४ मा हुने ११औँ राष्ट्रिय खेलकुद, मधेश प्रदेशमा हुने लक्ष्य लिएको बताए । वर्तमान सरकार दुई बर्ष स्थिर भए ११औँ राष्ट्रिय खेलकूद जनकपुरमै हुने दाबी उनले गरे । 

यसअघि पनि दुई फरक कार्यकालमा मन्त्री बनेका कुशवाहा विकास, पूर्वाधार तथा नीतिगत सुधारका क्षेत्रमा सक्रिय भूमिकाका कारण पार्टी नेतृत्व र गठबन्धन दलहरूबीच विश्वासिलो पात्र मानिँदै आएका छन्। यही राजनीतिक विश्वास र अनुभवका आधारमा उनी तेस्रो पटक पनि मन्त्री बन्न सफल भएका हुन्।

कुशवाहाको मन्त्रीमा पुनरागमनले मधेश प्रदेश सरकार खेलकूद क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेष गरी प्रदेशस्तरीय विकास योजना, प्राविधिक व्यवस्थापन तथा दीर्घकालीन नीतिनिर्माणमा उनको अनुभव उपयोगी हुने विश्वास गरिएको छ।

मन्त्री बनेपछि प्रतिक्रिया दिँदै ई. बसन्त कुमार कुशवाहाले आफूलाई फेरि जिम्मेवारी दिएकामा पार्टी नेतृत्व, गठबन्धनका साझेदार र प्रदेशवासीप्रति आभार व्यक्त गरेका छन्। उनले विगतका कार्यकालमा सुरु गरिएका अधुरा योजनालाई पूर्णता दिने, जनमुखी विकासलाई प्राथमिकता दिने र सुशासन कायम गर्न प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।

मधेश प्रदेशको समग्र विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा सेवाप्रवाह सुधारमा कुशवाहाले तेस्रो कार्यकालमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। लगातार तेस्रो पटक मन्त्री बन्नु उनको व्यक्तिगत राजनीतिक सफलतासँगै मधेश प्रदेशको समकालीन राजनीतिक इतिहासमा पनि उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको न्यूरो हस्पिटलमा कर्मचारी सम्मान कार्यक्रम सुरु, भदौ महिनाका लागि अर्जना गुप्ता पुरस्कृत

  • २०८२ पौष १७ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको जनकपुर न्यूरो हस्पिटलले कर्मचारी सम्मान कार्यक्रम लागू गरेको छ ।  न्यूरो हस्पिटलमा कार्यरत कर्मचारीहरुलाई प्रत्येक महिना एक कर्मचारीलाई उत्कृष्ट घोषणा गरी सम्मानसहित पुरस्कृत गर्ने योजना

पूरा पढ्नुहोस्

Bureau Menus