कारले उडाएर गम्भिर घाईते भएका वृद्ध श्रीमानको पनि मृत्यू, दुवै जनाको शव अस्पतालमा 

२०८२ मङ्सिर ८ आइतबार
बेलुकी ६:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आज बिहानै धनुषाको नक्टाझिझस्थित भएको कार दुर्घटनामा वृद्ध दम्पतिको ज्यान गएको छ । 

बिहान जनकपुर ढल्केवर सडकखण्डमा भएको सवारी दुर्घटनामा साईकलमा सवार मिथिला नगरपालिका १ लक्ष्मीनिवासका ६० वर्षीय राजकुमार महतो र महतोको पत्नी वर्ष ५५ को सुमित्रा देवीको घटनास्थलमै मृत्यू भएको थियो भने राजकुमारको उपचारको क्रममा मृत्यू भएको हो ।

जनकपुरबाट ढल्केवर तर्फ जाँदै गरेको बागमति प्रदेश  ०३१ च २०३६   नम्बरको तीव्र गतिमा रहेको कार जेव्रा क्रसिंग नजिक सडक छेउमा वृद्व दम्पतिलाई फिल्मी शैलीमा उडाएको थियो । सिसिटिभी फुटेजमा देखिए अनुसार, सिधै जाँदै गरेका कार साइडको लेनमा गएपछि दुर्घटना भएको देखिएको छ ।

दुवैजना शव अहिले पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ ।

  • 0%
  • 2%
  • 1%
  • 0%
  • 25%
  • 72%

बच्चा खेलाउँदै बाँदर

  • २०८२ मङ्सिर ८ आइतबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus