कपिलवस्तु । रातको करिब साढे १२ बजेको समय थियो। घरका सबै सदस्य गहिरो निद्रामा थिए। तर १७ वर्षीया नताशा (नाम परिवर्तन) भने चुपचाप उठिन्, ढोका खोलिन् र बाहिर निस्किइन्। उनीलाई
कपिलवस्तु । रातको करिब साढे १२ बजेको समय थियो। घरका सबै सदस्य गहिरो निद्रामा थिए। तर १७ वर्षीया नताशा (नाम परिवर्तन) भने चुपचाप उठिन्, ढोका खोलिन् र बाहिर निस्किइन्। उनीलाई थाहा थिएन, त्यो एउटा कदमले उनलाई सिधै मानव बेचबिखनको जालभित्र धकेल्दै थियो।
सामाजिक सञ्जालको पहुँच विस्तारसँगै मानव बेचबिखनका स्वरूपहरू बदलिँदै गएका छन्। अब यो अपराध केवल सीमावर्ती दलाल वा प्रत्यक्ष सम्पर्कमा सीमित छैन। यो फेसबुकको फ्रेन्ड रिक्वेस्टबाट सुरु हुन्छ, विश्वासमा बदलिन्छ, र अन्ततः सीमा पारको अन्धकारसम्म पु¥याउँछ।
नताशाको कथा त्यही बदलिँदो यथार्थको प्रतिनिधि उदाहरण हो। बारा जिल्लामा जन्मिएकी र हाल कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत एक सुकुम्वासी बस्तीमा बस्दै आएकी उनी ७ जनाको परिवारमा हुर्किएकी किशोरी हुन्। न घरजग्गा, न स्थायी आयस्रोत। बुबा गाडीमा स्टिकर टाँस्ने काम गर्छन् भने आमा घर–पसल धाएर मागेर परिवार चलाउँछिन्। महिनामा मुस्किलले ५ हजार रुपैयाँ आम्दानी हुने यस्तो परिवारमा बाल्यकाल बिताउनु भनेको दैनिक संघर्ष नै थियो।
विद्यालय जाने अवसर कहिल्यै जुरेन। तर मोबाइल र फेसबुक भने उनको जीवनको हिस्सा बनिसकेको थियो। डिजिटल दुनियाँले उनलाई जोड्यो तर त्यही दुनियाँले उनलाई जोखिमतर्फ पनि धकेल्यो। फेसबुकमार्फत उनको पुनः सम्पर्क भयो पुरानो चिनजानकी साथी सर्जिना खातुनसँग। सुरुमा सामान्य कुराकानी, पछि नजिकिँदो सम्बन्ध। विश्वास विस्तारै गहिरिँदै गयो। एकदिन सर्जिनाले प्रस्ताव राखिन् “म मुम्बई जाँदैछु, तिमी पनि सँगै जाऊ, केही दिन घुमेर फर्किन्छौं।” राजधानी दैनिकमा पत्रकार सुशिल गैरेले फिचर समाचार लेखेका छन् ।
नयाँ ठाउँ घुम्ने रहर, साथीमाथिको भरोसा र आफ्नो वर्तमान अवस्थाबाट केही समय टाढा जाने चाहनाले नताशालाई निर्णयमा पु¥यायो। र त्यसपछि आयो त्यो रात १२ः३० को निर्णय।
घरमा कसैलाई केही नभनी उनी निस्किइन्। बारा जिल्लाबाट सुरु भएको यात्रा कपिलवस्तुको चन्द्रौटा हुँदै रूपन्देहीको सुनौली नाका पार गरेर भारत प्रवेश ग¥यो। उनको साथमा सर्जिना, सहफान खान र उनका आफन्तहरू थिए। सबै कुरा सामान्य देखिन्थ्यो। तर वास्तविकता फरक थियो।
भारतको गोरखपुर रेलवे स्टेशनमा टिकट काट्ने क्रममा प्रहरीले शंका गरी सोधपुछ गर्न थालेपछि, उनीसँग आएका सबै व्यक्ति उनलाई त्यत्तिकै छोडेर फरार भए। एक क्षणमै उनको संसार भत्कियो। अपरिचित देश,अपरिचित भाषा र एक्लोपन। डर, अन्योल र असहाय अवस्थाबीच उनी प्रहरीको नियन्त्रणमा पुगिन्। सोधपुछका क्रममा उनी नाबालिका भएको पुष्टि भएपछि उनलाई बाल संरक्षण समिति, गोरखपुरमा पठाइयो। त्यसपछि सुरु भयो उद्धारको प्रक्रिया।
नेपालस्थित शान्ति पुनस्र्थापना गृहसँग समन्वय गरियो। भारतको हेल्प किड्स ट्रस्ट, देहरादून तथा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको सहकार्यमा उनलाई सुरक्षित रूपमा नेपाल ल्याइयो। नेपाल फर्किएपछि केही समय उनलाई आवधिक संरक्षण गृहमा राखियो। शान्ति पुनस्र्थापना गृह कृष्णनगरकी परामर्शदाता सन्तोषी चौधरीका अनुसार, “उनी अहिले सुरक्षित महसुस गरिरहेकी छन्।” तर उनको कथा यत्तिमै सकिँदैन यो एउटा ठूलो समस्याको सानो झलक मात्र हो।
यस्तै अर्को घटना पोखराबाट हराएकी १५ वर्षीया एक किशोरीसँग जोडिएको छ, जसले समाजलाई झन् गम्भीर चेतावनी दिएको छ। आर्थिक रूपमा सामान्य परिवार भए पनि उनको जीवन भावनात्मक रूपमा विखण्डित थियो। बाबुको दोस्रो विवाहपछि परिवार अलग्गियो। घरभित्र निरन्तर तनाव, गाली–गलौज र कुटपिटको वातावरण सिर्जना भयो। घर, जहाँ सुरक्षा र स्नेह हुनुपर्ने हो, त्यहीँ उनी असुरक्षित महसुस गर्न थालिन्।
यही एक्लोपनको बीचमा फेसबुकमार्फत एक महिलासँग उनको चिनजान भयो। ती महिलाले भारतको दिल्लीमा राम्रो रोजगारीको आश्वासन दिइन्—“बस्ने, खाने सबै व्यवस्था मिल्छ, राम्रो कमाइ हुन्छ” भन्ने प्रलोभनसहित। आशा देखियो तर त्यो आशा नै जाल बन्यो।
पहिलो प्रयासमै उनी रूपन्देहीको सुनौली नाकामा शंकास्पद गतिविधिका आधारमा एक संस्थाद्वारा उद्धार भइन्। तर घर फर्किएपछि अवस्था सुधारिएन। उल्टै हिंसा र उपेक्षा झन् बढ्दै गयो। अन्ततः उनी फेरि त्यही जोखिमपूर्ण बाटो रोज्न बाध्य भइन्।
यसपटक योजना अझ गोप्य थियो। उनीलाई बुर्का लगाइयो, मोबाइल नियन्त्रणमा राखियो। पोखराबाट भैरहवा हुँदै भारत प्रवेश गर्ने तयारी गरियो। तर फेरि पनि कथा गन्तव्यमा पुग्न सकेन। भारतको गोरखपुर रेलवे स्टेशनमै प्रहरीले शंका गरी सोधपुछ गर्न थालेपछि, उनीसँग आएका व्यक्तिहरू फेरि फरार भए।
त्यसपछि मात्र वास्तविकता बाहिर आयो उनी नाबालिग थिइन् र फेरि मानव बेचबिखनको जोखिममा परेकी थिइन्।
उनी पनि उद्धार भएर नेपाल ल्याइन् र हाल सुरक्षित आवासमा राखिएको राष्ट्रिय उद्धार संयोजक भुमिराज भट्टराईले जानकारी दिए। यी घटनाहरूले स्पष्ट संकेत गर्छन् मानव बेचबिखनको स्वरूप बदलिएको छ। अब यो अपराध फेसबुक, मेसेन्जर जस्ता सामाजिक सञ्जालबाट सुरु हुन्छ। पहिले विश्वास बनाइन्छ, त्यसपछि भावनात्मक रूपमा प्रभाव पारिन्छ, र अन्ततः प्रलोभन देखाएर सीमा पार पु¥याइन्छ। विशेषगरी नाबालिग किशोरीहरू लक्षित भइरहेका छन्।
आर्थिक अभाव भएका परिवार मात्र होइन, भावनात्मक रूपमा कमजोर अवस्थामा रहेका किशोरीहरू पनि समान रूपमा जोखिममा छन्।
परिवारभित्र संवादको अभाव, निगरानीको कमी र डिजिटल साक्षरताको अभावले यस्तो जोखिम अझ बढाएको छ। गृह कपिलवस्तुका सुपरभाइजर डिल्लीराज तिमिल्सिनाका अनुसार, “पछिल्लो समय सामाजिक सञ्जालमार्फत रोजगारी, विवाह लगायतका प्रलोभन देखाएर किशोरीहरूलाई सीमा पार लैजाने घटनाहरू बढिरहेका छन्।” उनका अनुसार किशोरीहरूलाई भावनात्मक रूपमा नियन्त्रण गरेर उनीहरूलाई जोखिमपूर्ण जालमा फसाइन्छ।
त्यस्तै मानव अधिकारकर्मी विष्णु प्रसाद खटिवडा भन्छन्, “यस्ता धेरै घटना अझै सतहमा आएका छैनन्। देखिएका घटना त केवल प्रतिनिधि उदाहरण मात्र हुन्।” सामाजिक सञ्जालले अवसरसँगै जोखिम पनि ल्याएको छ। र त्यो जोखिम सबैभन्दा बढी नाबालिग किशोरीहरूले भोगिरहेका छन्। राजधानी दैनिकमा पत्रकार सुशिल गैरेले फिचर समाचार लेखेका छन् ।