मधेश प्रदेशको चौथो मुख्यमन्त्री बने लोसपाका सोनल, हटाइए एमाले र काँग्रेस

२०८२ असोज २९ बुधबार
बेलुकी ७:३५ बजे
न्यूज ब्यूरो, डेस्क

 न्यूज ब्यूरो, जनकपुरधाम ।  मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन्। 

मधेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीमा जितेन्द्र सोनललाई नियुक्त गरेकी हुन्।  लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गरेकी हुन्।  

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेर दाबी पेस गरेकोमा प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा जितेन्द्र सोनललाई नियुक्त गरेको छ। 

सोनललाई जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) सहित ५ राजनीतिक दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरधाम: एक घरमा आगलागी हुँदा पूर्व शिक्षकको जलेर मृत्यु, नातिनीले भागेर जोगाइन ज्यान

  • २०८२ असोज २९ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामानन्द चोकमा एक घरमा अचानक आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ । आगलागीमा परी मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी ७० वर्षीय

पूरा पढ्नुहोस्

Bureau Menus