धनुषामा नचनिया प्रिति पासमानको टोलीमाथि चप्पल जुत्ता प्रहार, स्टेज छाडेर भागे नचनियाहरु

२०८० कार्तिक ६ सोमबार
बेलुकी ६:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नचनिया प्रिति पासवान र उनका नचनीय टिममाथि दर्शकहरुले ढुँगामुढा र चप्पल जुत्ता प्रहार गरेको छ । 

सोमबार धनुषाको सबैलामा नाच्न आएकी नचनिया पासवान र उनका नाच टोली उपर मेला हेर्न आएका दर्शकहरुले चप्पल जुत्ता र ढुँगामुढा प्रहार गरेको हो । 

जानकारी अनुसार, पासवानले उच्छृँग डान्स, अश्लिल हाउभाउको डान्सले उत्तेजित भीडले उनीमाथि ढुँगामुढा, चप्पल जुत्ता प्रहार गरेको हो । प्रत्यक्षदर्शीहरुका अनुसार, नाच्ने क्रममा उत्तेजित भीडले उनीमाथि बियरको बोतल समेत प्रहार गर्न थालेपछि उनी स्टेज छाडेर भागेको बताईएको छ । 

यता, ईलाका प्रहरी कार्यालय सबैलाले नियम विपरित अश्लिल प्रकारको नाच नचाउन थालेपछि बन्द गराउन जाँदा झडप उत्पन्न भएको बताए । ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक सुन्दर चौलागाईका अनुसार, उत्तेजित भीडले प्रहरीमाथि समेत ढुँगामुढा गर्दा ३ जना प्रहरी घाईते भएको बताएका छन् ।

नचनियाहरुलाई बचाउने क्रममा प्रहरी घाईते भएको प्रहरी नीरिक्षक चौलागाईले जानकारी दिए । नचनियाहरुमाथि ढुँगामुढा र चप्पल जुत्ता प्रहार गर्न थालेपछि केही नृत्याँगनालाई समेत चोट पटक लागेको हो । उनीहरुलाई सेफ्टी बुथ मार्फत सुरक्षा दिएर भगाएको बताईएको हो । 

विभिन्न ठाउँबाट नाच हेर्न गएका दर्शकहरु, टिकटोकियाहरुले उनीमाथि बियर बोतल, चप्पल जुत्ता प्रहार गरेको थियो । (स्थानीय भाषामा नर्तकीलाई नचनियाँ भने अनुसार नचनिया उल्लेख छ )

  • 1%
  • 78%
  • 0%
  • 0%
  • 0%
  • 1%

जनकनन्दिनी गाउँपालिकामा कृषि विद्युतिकरणको लागि सम्झौता, किसानको लागि कोसेढुुँगा

  • २०८० कार्तिक ६ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले स्थानीय किसानहरुको सिँचाईको लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको छ ।  जनकनन्दिनी गाउँपालिकाभित्र रहेका किसानहरुको खेत खेतमा सिँचाई पुरयाउनको लागि नेपाल विद्युत प्राधिकरणसँग

पूरा पढ्नुहोस्

Bureau Menus