सिरहामा दशैं बडाभोज खँसीको नाममा व्यावसायी र तस्करसँग पैसा असुल्दै 

२०८० कार्तिक ५ आइतबार
दिउसो ४:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा। दशैँ बडा भोजको नाममा ईलाका प्रहरी कार्यालय बिष्णुपुरले स्थानीय व्यपारी तथा तस्करहरुबाट आर्थिक संकलन गर्ने गरेको पाइएको छ। 

इलाका प्रहरी कार्यलय बिष्णुपुरका इन्चार्ज बैधनाथ दास आफैले व्यपारी र तस्करलाई फोनमार्फत दशैँ खर्च मागेर धमक्याउने गरेको एक व्यवसायीले नाम नखोल्ने शर्तमा जानकारी दिए ।

ती व्यसायीले नाम नबताउने सर्तमा भने, ‘व्यवसायको अवस्था हेरेर एकजनाबाट दशै खर्चको नाममा पाँच देखि तिस हजारसम्म रकम असुल्न घुमुवा नै परीचालन भयो। जसका कारण स्थानीय व्यसायी आझित हुनपुगेको छ।’

पैसा तिर्न नसक्ने व्यसायीका पसलबाट समान नै उठाएको उनले बताए। 

बडा भोजको नाममा व्यसायीबाट उठाएको रकमबाट स्थानीय नेता, तस्कर, व्यपारीलगायत लाई आमन्त्रित गरि खुवाएको  भोजमै सहभागी एक व्यक्तिले बताए। उनले भने, ‘बल कर गरेर व्यसायीसँग असुलेको रकमले नेता खुसीपार्न भोज गर्ने परम्परा ठिक भएन। भोजमा तस्कर विचौलियाहरुको उपस्थितिले प्रहरीको शाख गिरेको छ।’

व्यसायीमात्र हैन इन्चार्ज दासले हरेक झै झगडाको छलफलमा रकम असुल्ने गरेको उनले सुनाए। उनले साधारण गाडी ग्यारेन्टीको तवरमा छोड्दा समेत सर्वसाधारणसँग रकम अुल्ने गरेको एक पीडित पक्षले बताए।

  • 8%
  • 1%
  • 1%
  • 1%
  • 0%
  • 76%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८० कार्तिक ५ आइतबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus