धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार 

२०८० असोज २ मंगलबार
रति ९:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । तस्करी चोरी नियन्त्रणको लागि धनुषा प्रहरीका प्रमुख अहोरात्र खटिरहेको बेला धनुषा प्रहरीकै एक असई र एक घुमुवा प्रहरीले तस्करीसहित चोरीको मोटरसाईकल पार गराउने गरेको रहस्य बाहिरिएको छ । 

दक्षिणी धनुषाको ईटहर्वा नाकास्थित रहेको प्रहरी चौकी ईटहर्वाका प्रहरी असई दिपेन्द्र कुमार पटेल र सोही प्रहरी चौकीका घुमुवा प्रहरी हबल्दार घनश्याम पाण्डेले सो नाकालाई तस्करीको ट्रान्जिट प्वाइन्ट बनाएका छन् । सो नाकाबाट मात्र दिनहुँ लाखौँको भन्सारी छलीको समान तस्करी हुँदै आएको छ । 

मुख्य सडक सँजाल नभएको कारणले सो नाका तस्करहरुको लागि चोरनाकाको रुपमा परिचालित देखिएको छ । धनुषा प्रहरीले समेत सो नाकालाई हलुको लिँदा सोको फाईदा असई पटेल र घुमुवा पाण्डले पूर्णतः उठाइरहेका छन् । 

अन्य नाकाहरुमा सशस्त्र प्रहरी, जनपद प्रहरीले समेत कडाई गरेपछि लुकिछिपी सो नाकाबाट लाखौँको समान दैनिक रुपमा तस्करी गराउन असई पटेल र घुमुवा पाण्डेले सहयोग गर्दै आएका छन् । चल्ताफिर्ता सडक सँजाल नभएको फाईदा उठाउँदै उनीहरुले तस्करको लाईन सोही नाकाबाट अहिले जारी रहेको छ । नामुद तस्करहरुसहित धनुषाका चर्चामा रहँदै आएका तस्करहरुको लाईन पनि सोही नाकाबाट दिने गरिएको छ । 

महिनाथपुर, दुहबी, धनौजी नाकामा कडाई हुने गरेको छ , तर सोही नाकाहरुसँगै रहेको सानो नाका मानिएको इटहर्वा नाकामा सरोकारबालाको अपहुँचको फाईदा उठाउँदै पटेल र पाण्डेले तस्करीको ट्रान्जिट प्वाईन्ट बनाएका हुन् । 

सोही क्रममा धनुषाबाट चोरी हुने मोटरसाईकल भारतसम्म पुरयाउने नाकाको रुपमा ईटहर्वा नाका रहेको छ । अन्य नाकामा चुस्त गस्ती रहेको बेला चोरहरुले सोही नाकाबाट चोरीका मोटरसाईकलहरु भारत पुरयाउने गरेको नाम नखोल्नेत शर्तमा एक स्थानीयले बताए । उनका अनुसार, कुनै पनि कागजपत्र नै नभएको मोटरसाईकललाई जिल्ला पुरयाईदिन्छु भन्दै पाँच हजार रुपैयाँ लिएर जान दिएको थियो । 

कागज पत्र नभएको सवारी चोरीको सवारी ठहरिन्छ् । सो नाकाबाट जनकपुरसहित अन्य ठाउँबाट चोरी हुने मोटरसाईकल भारत पुरयाउन चोरहरुले समेत दुवै जनालाई कमिशन दिने गरेको खुलेको छ । सुरुमा उनीहरुले चोरसँग महिनबारी तोक्न भनेपनि चोरहरुले मोटरसाईकल वापत मात्र दिने सहमति समेत गरेको बताईएको छ । 

असई पटेल र घुमुवा पाण्डेले सो नाकाबाट कपडा व्यापारी सुदिप, बतुल्लाह, धनबीर जस्ता तस्करलाई सहयोग गर्दै आएका छन् भने हिरा साह नामक तस्करलाई जनकपुरमा जाने किरानाको समानको तस्करी गराउने गरिएको छ । 

  • 1%
  • 1%
  • 1%
  • 1%
  • 1%
  • 3%

सिरहामा राहदानीको घर सेवा सुरु, अब सेवाग्राहीको घरमै पासपोर्ट पठाइदिने

  • २०८० असोज २ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  सिरहा स्थित जिल्ला प्रशासन कार्यालयले राहदानी (पासपोर्ट) वितरणलाई सहज बनाउन नयाँ व्यवस्था सुरु गरेको छ। अब सेवाग्राहीले राहदानी घरमै प्राप्त गर्न सक्नेछन्। नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०८२

पूरा पढ्नुहोस्

Bureau Menus