प्रभु बाहेक अन्य सांसद मौन बसेपछी चौधरी आइन अगाडी 

व्यवस्थापन समितिका अध्यक्ष जमशैदले धन्यवाद ज्ञापन गर्दै चिकित्सकको व्यवस्थापनको लागि जोड़ दिए ।

२०७६ चैत २९ शनिबार
रति १०:१६ बजे
संजय सहनी, रौतहट

न्यूज ब्यूरो, रौतहट । देश लकडाउनले ठप्प छ । सर्वसाधारणको जिवन यापन कष्टकर बनेको छ । रौतहटको स्थिति पनि दयनिय बनेको छ ।


 ज्यालादारीमा आश्रित सर्वसाधारणहरुलाई छाक टार्न धौधौ परिरहेको छ । रौतहट क्षेत्र नंं ३ का सांसद प्रभु साहको क्षेत्र बाहेक जिल्लामा अवस्थित कुनै स्वास्थ्य संस्थाले स्वास्थ्य सामग्री पाएका छैनन । 


यहाँका संघिय सांसद देखि प्रदेशका सांसद र मन्त्री समेत मौन छन् । यसै क्रममा सर्लाहीबाट प्रतिनिधीत्व एक सांसदले रौतहटबासीको दुखमा मलहम लगाउने काम गरेकी छिन् । 

 

प्रदेश २ मै चर्चित महिलानेतृ संघिय सांसद एवं नेपाल भारत महिला मैत्री समाजका अध्यक्ष सांसद चन्दा चौधरीले जिल्ला अस्पताल गौरलाइ शनिवार स्वास्थ्य सामग्री हस्तानांतरण गर्नु भएको छ ।


 प्रदेश २ का महोत्तरीका गरिब जनतालाई शुक्रबार राहत र खाधान्न सामग्री वितरण पछि राष्ट्रिय जनता पार्टी नेपालका महिला नेतृ समेत रहेकी चौधरीले  विश्व सहित देश नै कोरोना महामारीको कारण संकटमा फसेको बेला शनिवार जिल्ला अस्पतालमा गौरमा आफै उपस्थित भएर उक्त स्वास्थ्य सामग्री अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शेख जमशैदलाइ बुझाएका हुन ।


 उहाँबाट २ वटा सेनिटाइजर गर्ने स्प्रे मशीन , १५ वटा ५ सय ग्रामको सेनिटाइजर, सर्जिकल माक्स , १० थान री यूजूबाल पीपीई , सर्जिकल ग्लव्स १२५ पीस ,सस्थाको तर्फबाट उपलब्ध गराइएको छ ।


प्रदेश २ भरिका जिल्ला अस्पतालमा कोरोना भाइरस विरुद्धको अभियानमा अहोरात्र खटिने स्वास्थ्यकर्मीको लागि अति आवश्यक स्वास्थ्य सामग्री नेपाल भारत महिला मैत्री समाज सस्थाको सहयोगमा उपलब्ध गराएका हुन ।


सस्थाका अध्यक्ष समेत रहेकि चौधरीले प्रदेशको संक्रमण मुक्त बनाउने अभियानमा सहयोग गरेको प्रतिक्रिया दिइन । रौतहटमा आफैले बुझाएको छू र बाकी जिल्लाको लागि मुख्यमंत्री महमद लालबाबू राउत गद्दीलाइ हस्तानांतरण गर्ने जानकारी गराईन ।


रौतहटबाट संघीय र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दर्जनौ सांसदले आफ्नो जिल्लाको लागि केहि नगरे पनि बाहिर जिल्लाको सांसद भएर पनि जिल्ला अस्पताल रौतहटलाइ री यूजूबूल पीपीई सेट सहयोग दिएर उदाहरणीय कार्य गरेको भन्दै रौतहटका जनताले प्रशंसा गरेका छन् ।

 

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्र भित्रमा भएको नगरपालिका र क्वारेंटाइनमा स्वास्थ्य सामग्री उपलब्ध गराएको भए पनि अन्य सांसदहरुले केहि गर्न नसकेको बेला उहाँको यो कार्य साह्रै सरहानिय भएको स्थानीय अशोक झाले बताए । 

 

कार्यक्रममा सहभागी भएका गौरनगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले विपदको बेलामा जनताको सुरक्षाको लागि स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग गर्नु भएकोमा सांसद चौधरी लगायत उहाको सस्था नेपाल भारत महिला मैत्री समाजलाइ धन्यवाद दिए । 


उहाले विपदको बेलामा आएर मानवीय धर्मको निर्वाह गर्नु भएकोले नगरपालिकाको तर्फबाट विशेष धन्यबाद ज्ञापन गर्दछौ भने ।

 

मेयर गुप्ताले जिल्ला अस्पतालमा दक्ष जनशक्तिको आभाव भएकोले यसको शीघ्र व्यवस्थापनको लागि पहल गरी दिन समेत आग्रह गरे । रौतहट बाट प्रतिनिधित्व गर्ने संघ प्रदेशका सांसदले अहिले केहि नगरे पनि चाडै नै सहयोग गर्न विश्वास व्यक्त गरे । 


व्यवस्थापन समितिका अध्यक्ष जमशैदले धन्यवाद ज्ञापन गर्दै चिकित्सकको व्यवस्थापनको लागि जोड़ दिए ।

 

 अस्पतालका मेडिकल सुपरिटेंडेंट डाक्टर कृष्णा साहले स्वास्थ्य कर्मीको लागि गर्नु भयो सहयोग प्रति आभार व्यक्त गर्दै चिकित्सकको आभावले उत्पन्न भैरहेको समस्याको समाधानको लागि प्रदेश सरकार सित गंभीर रुपमा पहल गरिदिन अनुरोध गरे ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०७६ चैत २९ शनिबार

Bureau Menus