यसपाली रामजानकी 'विवाहपञ्चमी' मा मोदी र ज्ञानेन्द्र पनि आउने ? 

रामजानकी विवाह महोत्सवमा यसपाली विदेशी पयर्टकहरुको पनि सहभागीता मोटो हुने बुझिएको छ । 

२०७६ मङ्सिर ४ बुधबार
बिहान ११:३६ बजे
न्यूज ब्यूरो | डेस्क
फाईल तस्विर

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाहपञ्चमी महोत्सवमा यसपाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पूर्व राजा ज्ञानेन्द्र साहलाई पनि निम्तो परेको छ । 


रामजानकी विवाह महोत्सवमा सहभागीको लागि यसपाली भारतीय पक्षबाटै नेपालको पूर्वराजा ज्ञानेन्द्र साहलाई समेत निम्तो दिएको हो ।  विश्व हिन्दू परिषद्को तत्वाधानमा यसपाली अयोध्याबाट जनकपुरसम्म जन्ती आउने व्यवस्था गरिएको हो ।  भारतको उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथ र नेपालको पूर्व राजा पनि सहभागी हुनको लागि निम्तो परेको जनाइएको छ । 


प्रत्येक वर्ष भारतको अयोध्याबाट गाडी, घोडा, रथ लिएर जन्ती आउँदै गरेकोमा यसपाली भारतको सर्वोच्च अदालतले राम मन्दिर निर्माणको लागि आदेश दिएपछि अयोध्यास्थितबाट उल्लासको साथ पनि विशेष धुमधामका साथ जन्ती (बाराती) आउने जनाइएको छ । आगामी मँसिर १५ गते आयोजन हुने रामजानकी विवाहमहोत्सवमा सहभागी हुनको लागि मँसिर १२ गते नै अयोध्याबाट जनकपुरधाम आईपुग्ने तथा मँसिर १३ गते विहान रँगभूमि मैदान बाह्रविघामा स्वागत गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका छोटा महन्त राम रोशन दास वैष्णवले जानकारी दिए । 


जन्ती मंसीर १२ गते जनकपुर आएर तिलकोत्सव, कन्या पूजन, मटकोरजस्ता धार्मिक गतिविधीमा सहभागी हुनेछ । जन्ती बस, कारका साथै रथमा पनि साधुसन्तहरु आउने भएको छ ।  यो जन्तीमा हरिद्वार, छत्तिसगढ र मध्य प्रदेशका सन्तहरु सहभागी हुनेछन् । जन्तीमा सहभागी हुन भारतीय पक्षले नै नेपालको पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि निम्तो दिएका छन् । विश्व हिन्दू परिषद्का प्रबक्ता शरद शर्माले परिषद्कै अगुवाईमा प्रत्येक पाँच बर्षमा जन्ती तयार गरेर जनकपुर पुग्ने गर्दछ ।


महन्त वैष्णवका अनुसार जनकपुरधामस्थित जानकी मन्दिर विवाहमहोत्सव मुलसमितिले भने भारतीय गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई महोत्सवमा सहभागी हुन निम्तो पठाइसकेको छ भने भारतीय गृहमन्त्री अमित शाह र योगीसहित नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निम्तो पठाइएको बताए । दास भारतको राजधानी नयाँदिल्ली पुगेर भारतीय पाहुनाहरुको कार्यक्रम सुनिश्चित गर्न रोशन दास गृहमन्त्री शाह र उनका सचिवालय सदस्यहरुलाई विवाहमहोत्सवको कार्यक्रमबारे जानकारी गराउने छ ।


हिन्दु परिषदको निम्तो स्वीकार गरी समय मिलाउन सके भारतीय प्रधानमन्त्री मोदी र नेपालका पूर्व राजा एवम् कट्टर हिन्दुवादी मानिएको ज्ञानेन्द्र साह पनि विवाह महोत्सवको एउटै मँचमा देखापर्न सकिने प्रबल सम्भावना छ । रामजानकी विवाह महोत्सवमा यसपाली विदेशी पयर्टकहरुको पनि सहभागीता मोटो हुने बुझिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७६ मङ्सिर ४ बुधबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus