नेपाल कुशवाहा कल्याण समाजद्धारा लहानमा रक्तदान

२०७६ मङ्सिर १ आइतबार
बिहान ११:३१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । नेपाल कुशवाहा कल्याण समाज सिरहाद्धारा लहानमा रक्तदान कार्यक्रम गरिएको छ ।

 

समाजले शनिबार लहानस्थित कामना नर्सिङ होममा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । रगतको बढ्दो मागलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको समाजका रोशन कुशवाहाले जानकारी दिए ।

 

नेपाल कुशवाहा कल्याण समाजका विभिन्न भातृ संगठनको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा वक्ताहरुले रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।

 

रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्ने व्यक्तिहरुलाई आयोजकले धन्यवाद ज्ञापन गर्दै निरन्तर साथ, सहयोग एवं सहकार्यको लागि अपिल गरे ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७६ मङ्सिर १ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus