आज जनकपुर सहित प्रदेश नं. २ भरिको पेट्रोल पम्प बन्द 

लेनदेन विवादमा गोली हानिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

२०७६ कार्तिक ९ शनिबार
बिहान ०७:४१ बजे
न्यूज ब्यूरो | डेस्क
फाईल तस्विर

न्यूज ब्यूरो, जनकपुरधाम । आज जनकपर सहित प्रदेश नं. २ को कैयौं जिल्लाभरिका पेट्रोल पम्प सँचालकहरुले पेट्रोल पम्प बन्द गरेका छन् । 


पेट्रोल पम्प सञ्चालकको हत्या बिरोधमा नेपाल पेट्रोलीयम डिलर्स राष्ट्रिय एशोसिएसनले आज (शनिबार) जनकपुर क्षेत्रभिको सम्पूर्ण पेट्रोल पम्प बन्दको घोषणा गरेको हो ।  पेट्रोलीयम पदार्थ जस्तो संवेदनशील क्षेत्रमा लगानी गर्ने व्यवसायीहरू असुरक्षित रहेको भन्दै एशोसिएसनको जनकपुरधाम अन्तर्गतका कुनै पनि पम्पबाट शनिबार तेल नबेच्ने घोषणा गरेका हुन् । यस्तै, सोही दिन महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पम्प पनि दुई घण्टा बन्द गर्ने एशोसिएसनले जनाएको छ ।


एशोसिएसनकोका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले एक विज्ञप्ति जारी गर्दै व्यवसायी सुरक्षाको प्रत्यभूति गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरिको छ । बुधबार जनकपुरधाममा पेट्रोलपम्प सञ्चालन गर्ने व्यवसायी मनोज साहको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले दुई थान हतियार र २२ राउण्ड गोलीसहित बुधबार नै पक्राउ गरेको थियो ।

 

निर्माण व्यवसायी पंकजले मनोजको सपहीस्थित न्यू शिव आयल स्टोर्सबाट डिजेल किनेको आठ लाख रूपैयाँ उधारो थियो । पंकजले त्यो रकम दिन आलटाल गर्दै आएका थिए । लेनदेन विवादमा गोली हानिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

------ सन्दर्भ समाग्री : (जनलोकप्रियडटक, २०७६ कार्तिक ०९ गते मा प्रकाशित) 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७६ कार्तिक ९ शनिबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus